के पुरानो पुस्तालाई नयाँ पुस्ताको साथ मिल्ला ?


Filmy Kura, Nov 9, 2016 at 5:41 pm

purano-pustaमंसिर ३ रिलिज फिल्म ‘पुरानो पुस्ता’लाई लिएर विभिन्न अड्कल बाजी काट्न थालिएको छ । शताब्दि अघिको सामाजिक परिवेश, रितिरिवाज र संस्कारलाई पर्दामा देखाउने खोजेको यो फिल्मलाई अहिलेका नयाँ पुस्ताले साथ देलान कि नदेलान ? चासोको विषय बनेको छ ।

निर्माण पक्षले भने नयाँ पुस्ताका लागि यो फिल्म इतिहास बुझ्नका लागि समेत हेर्नै पर्ने बनेको बताउदै आएको छ । निर्देशक दिप सागरले ‘पुरानो पुस्ता’ वास्तवमै नयाँ पुस्ताले हेर्न लायक भएको बताए । उनले फिल्मले उठान गरेको विषयवस्तु र प्रस्तुति उपर बोल्दै भने, ‘हामीले सबै प्रकारका दर्शकलाई तान्न सक्ने हिसाबले नै फिल्म बनाएका छौ । यो फिल्म बच्चा, युवा, बृद्ध सबैले हेर्न मिल्ने बनेर आएको छ । यो मनोरञ्जनका लागि मात्र नभई विगतको अवस्थाको बारेमा समेत थाहा पाउन सकिने प्रकारको फिल्म हो जसले सन्देश समेत दिन खोजेको छ ।’

जे होस् फिल्म रिलिजको दिन गन्ती सुरु भइसकेको छ । फिल्मले आम दर्शकको मन जित्न सक्ने निर्माण पक्षको दाबी छ । फ्लोरिना फिल्म्स्को ब्यानरमा निर्माण भएको यो फिल्ममा निर्देशक सागरले सम्पान तथा छायांकनको समेत जिम्वेवारी निर्वाह गरेका छन् । शेर बहादुर गुरुङ, विराज विष्ट, मेनुका श्रेष्ठ, बबिता बुढा लगायतका कलाकारले फिल्मको लिड गरेका छन् । संगीता थापा, सावित्री ओली र बबिता बुढा फिल्मका लगानीकर्ता हुन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो