गुरुकुल सम्बन्धले दीलभुषण पुगे प्रिमियरमा


Filmy Kura, Nov 10, 2016 at 11:03 am

dil-bhusan-pathakविश्वको शक्तिशाली राष्ट्र अमेरिकामा बुधबार भएको ४५ औं राष्ट्रपति निर्वाचनमा डोनाल्ट ट्रम्प निर्वाचित भए सँगै नेपाली सञ्चारमाध्यम समेत गर्मिलो बनेको थियो । समाचार सम्प्रेषणमा एक खालको होडबाजी नै चलेको थियो । यहिबीच कान्तिपुर टेलिभिजनका समाचार प्रमुख दीलभुषण पाठक सोहि दिन आफ्नो व्यस्त समय कटौती गरेर काठमाण्डौंको एक हलमा आयोजना गरिएको फिल्मको प्रिमियर हेर्न आइपुगेका थिए । निम्तो आएपनि फिल्मको प्रिमियरमा समय अभावका कारण आउन नसक्ने दीलभुषण कात्तिक २६ रिलिज फिल्म ‘जात्रा’का लागि भने करिब ४ घण्टा छुट्याएर आएका थिए ।

टेलिभिजनको एउटा समाचार प्रमुख यसरी आफ्नो महत्वपूर्ण समय छुट्याएर फिल्मको प्रिमियरमा आउनुको पछाडि के हुन सक्छ भनेर फिल्मीकुराले दीलभुषणलाई फेस टु फेस प्रश्न गरेको थियो । जवाफमा बरिष्ठ पत्रकार पाठकले भने, ‘म यसरी प्रिमियरमा हिड्ने मान्छे त होइन तर जात्रा फिल्मका अभिनेता रविन्द्र सिंह बानियाँ सँग मेरो गुरुकुल (थिएटर) देखिको सम्बन्ध हो । उहाँको वचन हार्न सकिन त्यसैले म प्रिमियर शो हेर्न आएको हुँ ।’ कोट पाइन्टमा सजिएर आएका पत्रकार पाठक प्रिमियर माहोलमा गफिएका समेत थिए । १५ वर्ष थिएटरमा बिताएका रविन्द्रको नजिकका मान्छे हुन् दीलभूषण ।

त्यसो त रविन्द्रले अति विशिष्ट व्यक्तिलाई समेत प्रिमियरमा आउन निम्तो दिएका थिए । यस मध्ये बीबीसी नेपाली सेवाका सम्पादक रविन्द्र मिश्रलाई पनि जात्रा अभिनेता बानियाँले बोलाएका थिए । तर उनी भने अनुपस्थित थिए । रेड कार्पेट प्रिमियर शो भव्य देखिन्थ्यो । जय नेपाल हल बेहुली झै सिंगारिएको थियो । चर्चित हास्यकलाकार जितु नेपाल ‘मुद्रे’, किरण केसी ‘रातामकै’, हरिहर शर्मा लगायत थुप्रै परिचित अनुहारको उपस्थिति प्रिमियर शोमा रहेको थियो ।

प्रदीप भट्टराई निर्देशित यो फिल्ममा विपिन कार्की, रविन्द्र सिंह बानियाँ, रविन्द्र झा, वर्षा राउत, कमलमणी नेपाल लगाएका कलाकारको अभिनय रहेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो