वर्षा भन्छिन्, ‘प्रेमिकामा सिमित रहनु भन्दा श्रीमती हुनुको मज्जा बेग्लै’


Filmy Kura, Nov 10, 2016 at 11:44 am

barsha-raut-filykuraनायिका वर्षा राउतले कसैको प्रेमिकाका रुपमा सिमित रहनु भन्दा श्रीमती हुनुमा बेग्लै मज्जा आउने बताएकी छिन् । पछिल्लो समय उदयमान अभिनेत्रीको भिडमा आफू हराउने खालको भूमिका नगर्ने बताउदै उनले भर्सटायल हुनका लागि खाली अरुको प्रेमिकाको रुपमा मात्र पर्दामा नदेखिने निधो गरेकी हुन् ।

फिल्मीकुरा सँग कुरा गर्दै उनले भनिन्, ‘प्रेमिकाको रुपमा देखिने रोल त सबैले गर्छन् तर म श्रीमतीको रुपमा या गृहिणीको रुपमा पनि दर्शकको मन जित्न कोसिस गरिरहेको छु । पहिलो फिल्म नाइ नभन्नु ल ४ मा मैले प्रेमिकाको भूमिका निर्वाह गरे तर दोस्रो फिल्म छक्का पन्जामा मेरो केही फरक भूमिका दर्शकले हेर्न पाउनु भयो ।’ कात्तिक २६ रिलिज फिल्म ‘जात्रा’लाई जोड्दै वर्षाले यसमा आफ्नो भूमिका एउटा गृहिणीको भएको बताइन् । ‘यो फिल्म हेरेपछि मेरो अभिनयको दायरा दर्शकले केही फराकिलो पाउनु हुनेछ’, वर्षाले थपिन्, ‘जात्राले हँसाउने मात्र नभई कतिपय ठाउँमा भावुक समेत बनाउछ । म एक साधारण व्यवसायिको श्रीमतीको रुपमा यो फिल्ममा देखिएको छु ।’

बुधबार साँझ गरिएको फिल्मको प्रिमियरबाट सकारात्मक प्रतिक्रिया मिलेको उनको भनाइ थियो । तीन मुख्य पात्रको सेरोफेरोमा कथा अघि बढेको ‘जात्रा’ फिल्मबाट आफ्नो क्यारेक्टर कतै छायाँमा त पर्ने होइन भन्ने डर लागेपनि अब भने दर्शक प्रतिक्रियाबाट ढुक्क हुने ठाउँ रहेको अभिनेत्री वर्षाले बताइन् । बेराजगार युवाले अवैध रुपमा फेला पारेको ३ करोड रुपैया आफ्नो बनाउन गर्ने संघर्ष र द्धन्द्ध नै फिल्मको मुख्य विषयवस्तु हो । वर्षाले ‘जात्रा’ फिल्मले आफ्नो चलचित्र यात्रामा टर्निङ प्वाइन्टको काम गर्ने समेत विश्वास व्यक्त गरेकी छिन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो