ह्याप्पी डेज भन्दै लण्डन पुगिन् प्रियंका


Filmy Kura, Nov 15, 2016 at 3:36 pm

priyanka-karkiअभिनेत्री प्रियंका कार्की लण्डन पुगेकी छिन् । आफू अभिनित फिल्म ‘पुरानो डुङ्गा’को नेपाल प्रचार प्रसारलाई सकाएर उनी सोमबार लण्डन उडेकी थिइन् । तर उनी लण्डन भने अर्को फिल्म ‘ह्याप्पी डेज’को सुटिङका लागि गएकी हुन् ।

प्रियंका कार्की र दयाहाङ राईको मुख्य भूमिका रहने यो फिल्मको अधिकांश सुटिङ विदेशमै गर्ने तयारी निर्माण पक्षको छ । यस अघि ‘हँसिया’ र ‘वीर विक्रम’ निर्देशन गरेका युवा निर्देशक मिलन चाम्सले ‘ह्याप्पी डेज’को निर्देशन गर्नेछन् । हातमा एक पछि अर्को फिल्म आएपछि प्रियंका निकै व्यस्त जीवन बिताइरहेकी छिन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो