तुलसीको अनुभव, ‘ब्राण्डेड नाम दोर्‍याउदा पैसा हाल्नेको लर्को’


Filmy Kura, Nov 16, 2016 at 12:32 pm

darpanchhaya-2नेपाली फिल्मका सफल निर्देशक तुलसी घिमिरेले एक फरक अनुभव फिल्मीकुरा सँग सेयर गरेका छन् । कुनै समय ब्लकबस्टर हिट फिल्म दर्शकमाझ दिएर आफ्नो नाम र कामलाई फराकिलो बनाएका निर्देशक घिमिरेले आफू निर्देशित फिल्मको नाममा अर्को फिल्म बनाउछु भनेपछि पैसा हाल्ने निर्माताको लर्को लागेको बताए ।

‘ब्राण्डेड नाम दोर्‍याउदा पैसा लगानी गर्न तयार हुने थुप्रै निर्माता मैले भेटे’, उनले थपे, ‘त्यसैको परिणाम स्वरुप निर्माण भएको फिल्म हो दर्पण छायाँ २ । मैले यो फिल्ममा नयाँ पुस्तालाईलाई समेत सम्बोधन हुने गरी मिहेनत लगाएको छु ।’ त्यसो त उनले बारम्बार यो फिल्म ‘दर्पण छायाँ’को सिक्वेल नभएको बताउदै आएका छन् । सिक्वेल होइन भने हिट फिल्मको नामको पछाडि किन २ झुन्ड्याइयो त भन्ने प्रश्न उठ्न सक्छ । यसको विषयमा उनले एक रहस्य समेत खोलेका छन् ।

darpan-chhaya-2-firstlook-poster

यस्तो छ फिल्मको पोष्टर

पहिला यो फिल्मको विषयवस्तु अनुरुप ‘द ट्युन’ अर्थात धुन भन्ने नाम तय गरिएको थियो । तर तुलसीले यो सब्जेट लिएर धेरै निर्मातालाई प्रस्ताव राख्दा पैसा लगानी गर्न कोही तयार नै भएनन् । उनीहरुले त बरु पछि भेटौला नी भनेर टारीरहे । निर्देशक घिमिरेले यो विषयमा प्रष्ट्याउदै भने, ‘प्रोजेक्ट किन थाति राख्नु भन्ने भयो त्यसपछि धुन भन्ने टाइटल अरु नै कसैले फिल्म निर्माणको लागि दर्ता पनि गरिसकेको थाहा पाए । अनि मैले अन्तिममा दर्पण छायाँ २ नाम दिएर फिल्म निर्माण गरेको हुँ ।’ यो नाम लिएर फिल्म बनाउने कुरा थाहा पाउन साथ पहिला पैसा हाल्न नमान्ने निर्माता ब्राण्डेड नाम दोर्‍याउन साथ लगानी गर्न रेडी भएको तुलसीको भनाइ थियो । यो कुरा उनले मंगलबार राजधानीमा ‘दर्पण छायाँ २’ फिल्मको पोष्टर, टिजर र एक गीत सार्वजनिक समाराहेमा खोलेका हुन् ।

संगीतमा योगदान पु¥याउने स्रष्टाको समर्पणलाई फिल्मले उठान गरेको निर्माण पक्षको कथन छ । आगामी फागुनमा रिलिज लक्ष्य राखिएको यो फिल्ममा पुष्पल खड्का, साहारा कार्की, श्रद्धा प्रसाई, फिरोज तिमिल्सीना लगायतका कलाकारको मुख्य भूमिका रहेको छ । म्यूजिकल लभस्टोरी बताइएको ‘दर्पण छायाँ २’लाई सानु गदाल कार्की र रवि कार्कीले संयुक्त रुपमा निर्माण गरेका हुन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो