सोनियाको द फेमसलाई पिजी प्रमाण


Filmy Kura, Nov 16, 2016 at 1:43 pm

soniya-grचाड पर्वको बीचमा सेन्सर गर्न नभ्याउदा कात्तिक १९ रिलिज मितिबाट दुई हप्ता पछि सरेको ‘द फेमस’ फिल्मले पिजी सर्टिफिकेट पाएको छ । केही दिन अघि सेन्सर बोर्डले फिल्म हेरिसकेपछि द्धन्द्धको दृश्यलाई दृष्टिगत गर्दै पिजी प्रमाण प्रदान गरेको हो । अब यो फिल्म हेर्न बालबालिकालाई अभिभावको साथ आवश्यक पर्ने भएको छ ।

समीर बलामीले लेखन निर्देशन गरेको यो फिल्म मंसिर ३ बाट देशव्यापी प्रदर्शन हुँदैछ । फिल्ममा सविना कार्की, प्रमोद खड्का, सोनिया जिआर, सुमन थापा, सुरवि जैन लगायतका कलाकारको मुख्य भूमिका रहेको छ । प्रेमकथामा आधारित फिल्म मनोरञ्जनले भरिएको निर्माण पक्षले दाबी गर्दै आएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो