सिक्वेलका लागि संगीताले गर्दैछिन करोडको म्यानेज


Filmy Kura, Nov 17, 2016 at 6:45 pm

purano-pustaनिर्मात्री संगीता थापाले ‘पुरानो पुस्ता’को सिक्वेल निर्माणका लागि करोड भन्दा माथिको बजेट म्यानेज गरेको बताएकी छिन् । मंसिर ३ बाट अल नेपाल रिलिज थालनी गर्ने यो फिल्मको चौथो सिरिज सम्म निर्माण गर्ने तयारीमा यी निर्मात्री लागेकी हुन् ।

उनले यो फिल्म तयार हुँदा ३० लाख रुपैया बजेट खर्च भएको स्पष्ट पार्दै कथाले मागे अनुसारको लगानीमा कम्परमाइज नगर्ने जनाएकी हुन् । यसरी हिसाब गर्दा तीस लाख कै हाराहारीमा बजेट निकासा गरेर सिक्वेल बनाउदै जाने हो भने एक करोड रुपैयाँ म्यानेज गर्नुपर्ने देखिन्छ । पहिलो फिल्मको रिजल्ट अगावै निर्माण यूनिटले सिक्वेल बनाउने जनाएको हो ।

दीप सागर निर्देशित फिल्मले एक सय वर्ष अघिको नेपाली परिवेशलाई पर्दामा देखाउन खोजेको छ । यो विषयमा बोल्दै निर्देशक सागरले थपे, ‘जतिबेला नेपालका कयौ ठाउँमा मोटर बाटो खुलेको थिएन । घरको छानाका लागि जस्ता पाता समेत पुगेको थिएन ती कुराहरुलाई हामीले जस्ताको त्यस्तै उतारेका छौ ।’

फिल्मका शीर्ष कलाकार विराज विष्टले आफ्नो भूमिकाको विषयमा प्रष्ट्याउदै मगर समुदायको एक पात्रको रुपमा देखिएको बताए । उनले सदियौ अघि फूपु चेला बिच वैवाहिक सम्बन्ध गास्न पाइने सन्दर्भ फिल्मले उठाएको जानकारी दिए । फिल्मबाट शताब्दि अघिको सामाजिक परिवेशको अवस्था मात्र अपडेट नगराई मनोरन्जन दिन समेत कोसिस गरिएको कलाकार विष्टको भनाइ छ ।

आर.आर फिल्मस्ले वितरण गर्ने यो फिल्म उपत्यकाका १० हल र मोफसलका ३० वटा हल गरी जम्मा ४० वटा हलबाट एकसाथ प्रदर्शन हुँदैछ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो