फ्राइडे रिलिजमा तीन फिल्म


Filmy Kura, Nov 18, 2016 at 12:28 pm

three-filmमंसिर ३ शुक्रबार देखि तीन वटा फरक स्वाद र शैलीका नेपाली फिल्म रिलिज भएका छन् । यी तीन फिल्म हुन् ‘पुरानो पुस्ता’, ‘द फेमस’ र ‘छायाँ’ ।

सबैभन्दा पहिला कुरा गरौ ‘पुरानो पुस्ता’को । एक सय वर्ष अघिको नेपाली समाजले अंगालेको रितिरिवाज, संस्कार र चालचलनमा यो फिल्म केन्द्रित छ । दीप सागरले यो फिल्मलाई निर्देशन गरेका हुन् । संगीता थापाले लगानी गरेको ‘पुरानो पुस्ता’ले देशभरका ४० हलबाट रिलिज प्रारम्भ गरेको हो । फ्लोरिना फिल्मस्को व्यानरमा निर्माण भएको ‘पुरानो पुस्ता’मा शेर बहादुर गुरुङ, विराज विष्ट, मेनुका श्रेष्ठ र वविता बुढाको शीर्ष भूमिका रहेको छ ।

यस्तै समीर बलामी निर्देशित फिल्म ‘द फेमस’ पनि आज देखि रिलिजमा आएको छ । फेमली ड्रामा र लभस्टोरी ओरिएन्डेट यो फिल्ममा अनिता महर्जनको लगानी रहेको छ । प्रमोद खड्का, सुमन थापा, सविना कार्की, सुरभि जैन, सोनिया जिआर लगायतका कलाकारको अभिनय फिल्ममा हेर्न सकिन्छ ।

उता बालमनोविज्ञानमा आधारित फिल्म ‘छायाँ’ काठमाडौंका केही सिमित हलमा लाग्दैछ । अनुप बराल, साइब्रत आचार्य र अरुना कार्कीले लिड गरेको यो फिल्मलाई मनोज पण्डितले निर्देशन गरेका हुन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो