पढाइ सँगै अभिनयलाई डोर्‍याएकी साम्राज्ञी


Filmy Kura, Nov 18, 2016 at 12:59 pm

samragyi-rl-shahनेपाली फिल्म वृत्तमा नाम चलेका कलाकारको पढाइ अन्डर एसएलसी र इन्टर पास भन्दा कमैलाई पत्यार लाग्न सक्छ । पर्दामा अभिनय जादुले खारिएका थुप्रै कलाकारले बीच मै पढाइ छोडेर यो क्षेत्र रोजेका समेत छन् ।

उमेरले भर्खर २१ वर्ष लागेकी ‘ड्रिम्स’ हिरोइन साम्राज्ञी राज्य लक्ष्मी शाह भने पढाइ सँगै अभिनयलाई अगाडि बढाइ रहेकी छिन् । पहिलो फिल्मबाटै सफलताको मिठो स्वाद चाखेकी यी हिरोइनको सुन्दरता पनि लोभ लाग्दो छ । ब्याचलर दोस्रो वर्षमा सोसियोलोजी लिएर पढिरहेकी साम्राज्ञी अभिनय र पढाइ दुवैलाई मिलाएर अघि बढाउने सोचमा छिन् । त्यसो त पहिलो फिल्मको सफलता कै कारण उनलाई नायिका झरना थापाले ‘ए मेरो हजुर २’मा अनुबन्ध गरिन् । यतिबेला भने यो फिल्मको सम्पूर्ण छायांकन सकिसकेको छ ।

एक कुराकानीमा साम्राज्ञीले फिल्मीकुरा सँग भनिन्, ‘पढाइलाई पनि मैले पहिलो प्राथमिकता मै राखेको छु । व्यालेन्स ग¥यो भने दुवै कुरालाई एक साथ अघि बढाउदा फरक पर्दैन ।’ पढाइले फिल्ममा समेत धेरै प्लस गर्ने उनको भनाइ छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो