राजेश हमालले हेरे छक्का पन्जा


Filmy Kura, Nov 18, 2016 at 1:25 pm

rajesh-hamal-dipak-raj-giriमहानायक राजेश हमालले ऐतिहासिक रेकर्ड राखेको फिल्म ‘छक्का पन्जा’ हरेका छन् । बिहीबार राजधानीमा अभिनेता दीपकराज गिरीको आमन्त्रणमा उनले यो फिल्म हेरका हुन् ।

राजेश पछिल्लो समय फिल्मको प्रिमियरमा समेत असाध्यै कम आउने गरेका छन् । आफै अभिनित फिल्म समेत नहेर्ने राजेश कमेडी फिल्म हेर्न भने हल पुगेका थिए । उनले फिल्म हेरिसकेपछि ‘छक्का पन्जा’ राम्रो लागेको प्रतिक्रिया दिए ।

हाल सम्म २० करोड बढी ग्रस कलेक्सन गर्न सफल यो फिल्म आज ७२ औं दिनमा समेत रिलिज भइरहेको छ । काठमाडौका मल्टिप्लेक्स हलमा अझै यो फिल्मले हाउसफूल कै व्यापार गरिरहेको छ । दीपाश्री निरौला निर्देशित फिल्ममा दीपक सहित जितु नेपाल, केदार घिमिरे, प्रियंका काकी, वर्षा राउत, शिवहरि पौड्यालको मुख्य भूमिका रहेको छ ।

यो फिल्मको असाधारण सफलताबाट हौसिएको निर्माण यूनिट अर्को फिल्मको तयारीमा लागेको छ । निर्माण तयारीमा रहेको अर्को ड्रिम प्रोजेक्ट समेत दीपाश्रीले नै निर्देशन गर्ने तय भएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो