के म तिम्रो होइन र पछि आर्यनको बटरफ्लाई


Filmy Kura, Nov 18, 2016 at 2:26 pm

aryan-adhikari
सम्भावना बोकेका अभिनेता आर्यन अधिकारीको काम ‘के म तिम्रो होइन र’मा दर्शकले मन पराए । अब यी हिरो अर्को फिल्म ‘बटरफ्लाई’मा खेल्दैछन् । आर्यनको अपोजिटमा रहने नायिका फाइनल भइसकेकी छैनन् ।

‘बटरफ्लाई’ फिल्म कै लागि आर्यनले ८ केजी वेट घटाएका छन् । सिक्स प्याक बडी भएका आर्यन एक्सन फिल्म मात्र नभई स्क्रिप्टको डेमान्ड अनुरुप आफूलाई प्रस्तुत गराउन तयार छन् । उनी सहित यो फिल्ममा अभिनेता अर्पण थापा अनुबन्धित भइसकेका छन् । मंसिरको अन्त्यतिर फिल्मको छायांकन सुरु गरिनेछ ।

यो फिल्मलाई ओम प्रतिक गुरुङले निर्देशन गर्नेछन् । द फ्रेम क्रियशनको व्यानरमा निर्माण हुन गइरहेको ‘बटरफ्लाई’मा सन्तोष अधिकारीले लगानी लगाउदैछन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो