साहित्यकार झमकको जीवनशैली पर्दामा (भिडियो)


Filmy Kura, Nov 18, 2016 at 3:29 pm

jhamak-ghimireशारीरिक अशक्त भइकन आफ्नो अभूतपूर्व प्रतिभाले विश्वमाझ चिनिएकी चर्चित साहित्यकार झमक घिमिरेको वास्तविक जीवनशैली माथि निर्माण भएको फिल्म ‘जीवन काँडा कि फूल’को गीत रिलिज गरिएको छ । घिमिरे लिखित आत्मकथा ‘जीवन काँडा कि फूल’ नामक कृतिमा आधारित यो फिल्ममा झमकको भेषमा कलाकार रोजिता बुद्धचार्य देखिएकी छिन् ।

जुनु गौतमले गाएको यो गीतमा प्रकाश सिवाकोटीको शब्द तथा संगीत रहेको छ । गीतमा झमक बनेकी रोजिता सँगै अभिनेत्री सारिका घिमिरे फिचरिङ छिन् । त्यसो त अहिले सम्म कृति माथि निर्माण भएका फिल्मले सोचे अनुरुप नतिजा दिन सकेका छैनन् । कृति पढ्दा जति आनन्दित भइन्छ सोही कुरा पर्दामा हेर्दा नुन नपुगेको तरकारी जस्तो खल्लो महशुस दर्शकले गर्दै आइरहेका छन् । पछिल्लो समय विश्वेश्वर प्रसाद कोइराला लिखित ‘तीन घुम्ती’ कृतिमा बनेको फिल्म एउटा नमूना मात्र हो ।

जे होस् मदन पुरस्कार समेत प्राप्त गरेको यो कृतिलाई निर्देशकले के कस्तो न्याय गरेका होलान् त्यसका लागि भने फिल्म रिलिज अवधि सम्म कुर्नै पर्छ । विष्ट ब्रदर फिल्मस्को व्यानरमा निर्माण भएको यो फिल्मलाई बिनोद विष्टले निर्देशन गरेका हुन् ।

फिल्मको रिलिज मिति भने तय गर्न बाँकी छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो