मिलनको सेटिङमा दयाहाङले गरे प्रियंकालाई प्रेम प्रस्ताव


Filmy Kura, Nov 20, 2016 at 12:36 pm

dayahang-rai-priyanka-karkiअभिनेता दयाहाङ राईले सुन्दरी नायिका प्रियंका कार्कीलाई प्रेम प्रस्ताव राखेका छन् । दयाले प्रियंका (पिंकु)लाई नेपालमा नभई लण्डन स्थित एक शहरमा गुलाफको फूल दिएर आफ्नो मनको कुरा राखेका हुन् ।

यो प्रकारको लभ सिक्वेन्स भने निर्देशक मिलन चाम्सले सुटिङरत फिल्म ‘ह्याप्पी डेज’का लागि जुराएका हुन् । हरेक फिल्ममा नयाँ केही गर्न रुचाउने निर्देशक चाम्सले यो पटक सोझा दयाहाङलाई गुलाफको फूल दिएर प्रियंकालाई प्रपोज गर्न त लगाए तर के प्रियंकाले दयाको प्रस्ताव स्विकार्लीन त ? यो भने हाल सस्पेन्स छ अर्थात फिल्म रिलिज पछि थाहा भइ नै हाल्नेछ ।

झण्डै दुई करोड बजेटमा निर्माण सम्पन्न हुने यो फिल्म यूकेका विभिन्न शहरमा छायांकन गरिनेछ । फिल्ममा दया र प्रियंकाको सहित सञ्जय गुप्ताको मुख्य भूमिका रहनेछ । रामकुरामार केसीले छायांकन गरिरहेको फिल्म ‘ह्याप्पी डेज’मा विपी खनाल, विक्रम जोशी, नरेश शर्मा, डा. अशोक बन्सल र सपनकुमार राईले संयुक्त लगानी लगाएका छन् ।

स्मरण रहोस् निर्देशक चाम्सले यस अघि ‘हँसिया’ र ‘वीर विक्रम’को कुशल निर्देशन गरी दर्शकमाझ राम्रो छाप छोडिसकेका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो