बुद्धि (हैट) भन्छन् – नौलो विषयले गर्दा बिजुली मेसिन खेले


Filmy Kura, Nov 20, 2016 at 2:00 pm

buddhi-tamangएउटै थेगो ‘हैट’ यतिका विधी जनमानसमा झुण्डिन सक्छ भन्ने कलाकार बुद्धि तामाङ आफैलाई पनि लागेको थिएन । जब हास्य टेलिशृङ्खला ‘मेरी बास्सै’मा हनुमाने चरित्रमा देखिएर बुद्धिले ‘हैट’ भने रातारात यो डायलग हिट भइदियो । यतिबेला बुद्धिलाई बाटोमा कसैले भेटेर चिनिहाल्यो भने सुरुमा उच्चारण गर्ने शब्द यहि हैट बनेको छ ।

यिनै बुद्धिले अभिनय गरेको एक फिल्म ‘बिजुली मेसिन’ यहि मंसिर १७ देखि अल नेपाल रिलिज हुँदैछ । उनले नयाँ युवा जोश भएका निर्माता र नेपालका लागि नौलो विषयवस्तु उठान गरिएकाले गर्दा पनि ‘बिजुली मेसिन’ फिल्म खेलेको फिल्मीकुरालाई बताएका छन् ।
कलाकार बुद्धि ‘हैट’ले भने, ‘मलाई यो फिल्मको कन्सेप्ट एकदमै मनप¥यो । मैले थाहा पाए अनुसार नेपालमा साइन्स फिक्सनमा आधारित यो नै पहिलो फिल्म हुनुपर्छ । अहिलेको समस्या सँग मिल्दो जुल्दो साथै युवा जोश भएका साथीहरुले निर्माण गर्नु भएकोले पनि यसको एक सदस्य हुन पाउदा खुसी लागेको छ ।’ यो फिल्म शुद्ध मेसेज दिने र पाठ सिकाउने मात्र नभई इन्टरटेन्मेन्टको लागि समेत दरिलो खुराक भएको उनको भनाइ छ ।

आफ्नो भूमिकाबारे प्रकाश पार्दै उनले थपे, ‘अन्य फिल्म जस्तो अचम्मैको कमेडी त मैले यसमा गरेको छैन तर फिल्ममा चाहिने इलिमेन्टस्हरु यो फिल्ममा पर्याप्त छ । फिल्म हेर्न आउने दर्शकहरु निराश हुनुपर्ने अवस्था सायद नआउला ।’ एकपछि अर्को फिल्ममा लगातार देखिरहेका बुद्धिले अर्को एक प्रसंगमा आफू हिरो नभई क्यारेक्टर आर्टिस्ट भएको बताए । समय मिल्दा फिल्म बाहेक नाटकमा पनि उनी उत्तिकै सक्रिय पूर्वक लागिरहेका छन् । त्यसो त उनको मूलथलो भनेकै नाटक हो । दर्शकको अपार माया र साथले नै आज यो स्थान सम्म आइपुगेको कलाकार बुद्धिको कथन छ ।

नविन अवालले लेखन निर्देशन गरेको ‘बिजुली मेसिन’मा बुद्धि सहित राजेश हमाल, अभिषेक सुवेदी, जीवन अधिकारी, अशेष लुइँटेल लगायतका कलाकारको अभिनय रहेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो