मेन्टल हिरोले गरे नेतालाई टार्गेट, तर किन ?


Filmy Kura, Nov 20, 2016 at 6:57 pm

pratham-khadkaनेपालको वर्तमान अवस्था प्रति असन्तुष्टि जनाउदै ‘मेन्टल’ हिरो प्रथम खड्काले पढे लेखेका व्यक्ति समेत बेराजगार बस्नुपरेको र विदेश भाषिनु परेको दृष्टान्तलाई फिल्ममा उतारेको बताएका छन् । मंसिर १० रिलिज फिल्म ‘मेन्टल’ विशेष गरी अन्य वर्गले भन्दा नेताले हेर्नुपर्ने उनको भनाइ छ ।

किन नेताले हेर्न आवश्यक छ ? फिल्मीकुराको प्रश्नमा उनी जवाफ फर्काउछन्, ‘आज समाजले नै उच्च शिक्षा हासिल गरेका युवा भनेर गर्व गर्ने ठाउँ यी नेताले कति पनि दिएका छैनन् । कति ट्यालेन्ट मान्छेहरु पनि विदेशको खाडीमा श्रम गर्न जानु परेको छ । राजनीति गर्ने नेताले सिस्टममा देशलाई लान नसक्दा आज यो हाल भएको हो । हामीले मेन्टलमा यहि कुरा देखाउन खोजेका छौ ।’

यी आम युवाको एक प्रतिनिधि पात्र भएर फिल्ममा आफू देखिएको भन्दै उनले ‘मेन्टल’ले यथार्थपरक विषयलाई उजागर गरेको भनाइ राखे । त्यसो त अस्थिर राजनीतिले गर्दा देशको आर्थिक उन्नती पछिल्तिर धकेलिएको जगजाएर नै छ । अझै पनि दैनिक रुपमा आर्थिक अवस्थाकै कारण विदेशका भू–भागमा गएर असाधारण श्रम र पसिना बगाउन नेपालीहरु बाध्य छन् । यो फिल्म यस्तै समस्याको वरिपरि रहेको कलाकार खड्काले बताए ।

सरोज पौडेल निर्देशित ‘मेन्टल’मा प्रथम खड्का र पूजा भट्टको मुख्य भूमिका रहेको छ । यो फिल्मलाई सुधन धितालले निर्माण गरेका हुन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो