सौगात र कमलीको स्मरणमा सिक्लेसको जुका र भेडा


Filmy Kura, Nov 22, 2016 at 12:14 pm

saugat-malla-kamali-waibaसोमबार दिवा समयमा कलाकार सौगात मल्ल कमली वाइवाको साथमा क्यूज हलमा देखिए । अभिनेत्री श्रृष्टि श्रेष्ठ सँग नाम जोडिएर यत्रतत्र सर्वत्र भइरहेको समयमा फेरि अर्को को लिएर आएछन् भन्ने सबैलाई लागेको थियो । कमली पनि चिटिक्क परेर सौगात सँग गफिदै थिइन् । मिडियाको क्यामरा यी दुईतर्फ तेर्सिन थाल्यो ।

सौगातले कमलीलाई प्रेमिकाको संज्ञा दिए । चिसो मौसम एकाएक गर्मिलो बन्यो । एक महिना अवधि सम्म सँगै रहेका यी दुईले पोखराबाट केही टाढा रहेको सिक्लेसको सम्झना गरे । त्यहा रहँदा जुकाले टोकेको देखि भेडाको बथानमा हिडेको सम्म प्रसंग बाहिर ल्याए ।

कुरोमा कुरो चल्दा सौगातले थपे, ‘एक महिना जस्तो जुकाबाट बच्न सिक्लेसमा संघर्ष गर्नुप¥यो । कताबाट छिरेर टोक्थ्यो पत्तो समेत पाइन्नथ्यो ।’ कमलीले पनि सहि थपिन्, ‘ग्रामिण ठाउँ मलाई त सौगात झन पहिले देखि मनपर्ने । त्यहाँ रहदाँ निकै रमाइलो गरियो । समय बितेको समेत पत्तै पाइएन । तर जुकाको डर अहिले सम्झिदा नी सिउ सिउ लाग्छ ।’

वास्तवमा यी दुई सौगात र कमलीले त्यो ठाउँलाई स्मरण गर्नुको खास कारण भने ‘शब्द’ थियो । हो, यो नाम गरेको फिल्ममा यी दुई शीर्ष भूमिकामा छन् । एक महिना जस्तो सुटिङ अनुभवलाई यी दुईले खुलेरै फिल्मीकुरा सँग सेयर गरे । ‘शब्द’मा गुरुङ भेषमा देखिएका सौगात र कमलीले टिपीकल ग्रामिण परिवेश यो फिल्ममा हेर्न पाइने दाबी गरे । डेव्यू हिरोइन कमली फिल्मबाट आशावादी देखिइन् । सौगातले पनि यो फिल्मबाट केही नयाँ प्रस्तुति आफूबाट दर्शकले महशुस गर्न पाउने भनाइ राखे ।

यी दुईको बीचमा बालकलाकार अनुभव रेग्मी क्यामेराको अगाडि पोज दिदै थिए । उनले पनि यो फिल्ममा अभिनय गरेका छन् । यो फिल्म आउदो पौष २९ देखि रिलिज हुँदैछ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो