शब्द अफिसियल टिजर सहित रिलिज डेट घोषणा


Filmy Kura, Nov 22, 2016 at 12:38 pm

sabda-film-unitनेपाली कथानक चलचित्र ‘शब्द’को अफिसियल टिजर, फ्रस्ट लुक, एक गीत सहित रिलिज मिति घोषणा गरिएको छ । सोमबार राजधानीमा एक कार्यक्रमकाबीच निर्माण यूनिटले आफ्नो पब्लिसिटी म्याटर पत्रकार तथा सञ्चारकर्मीमाझ सार्वजनिक गरेको हो ।

चलचित्रमा सौगात मल्ल, कमली वाइवा, अनुभव रेग्मी, रोयदीप श्रेष्ठ, ओसिन भट्टराईको केन्द्रिय भूमिका रहेको छ । फिल्मलाई सन्तोष सिवाकोटीले निर्देशन गरेका हुन् । डेव्यू निर्देशक सिवाकोटीले यस अघि निर्देशक स्व. शिव रेग्मी र आकाश अधिकारी सँग चिफ एसिस्टेन्स भएर काम गरिसकेका छन् ।

फिल्मको गीतमा गैरे सुरेश र राजनराज सिवाकोटीले संगीत भरेका छन् । पाश्र्व गायनमा अब्बल स्वरुपराज आचार्य र मिलन अमात्य समेत समारोहमा उपस्थित थिए । छिरिङ दोर्जे लामा निर्मित फिल्म माघे संघ्रान्ती पर्वलाई लक्षित गर्दै पौष २९ बाट अल नेपाल रिलिज हुँदैछ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो