३५ लाख डुब्दा पनि सुधनलाई छोडेन फिल्मी भूतले


Filmy Kura, Nov 22, 2016 at 1:46 pm

sudhan-dhitalफिल्म क्षेत्रमा लगानी गरेर कमाउने निर्माता निकै सिमित छन् । कुनै समय कलाकार बन्ने प्यासले भौतारिदै हिडेका सुधन धिताल केही सिप नलागेपछि निर्माण तिर होमिए ।

चाहना कलाकार बन्ने तर कसैले उनलाई संघर्षको बेला पत्याएन । कुनै समय यस्तो पनि आयो २० लाखमा एउटा फिल्म बनाउन सकिन्छ भन्ने हुटहुटी चल्यो । उनले पनि फिल्म बनाउने आँट गरे । त्यसैको परिणाम स्वरुप २०६६ सालमा ‘जय होस्’ फिल्म बन्यो । यो उनको पहिलो निर्माण थियो । फिल्ममा चलेकै अनुहार थिए राजेश हमाल देखि विराज भट्ट सम्म । तर विडम्बना फिल्मले सोचे जस्तो व्यापार गरेन । होटल सञ्चालक समेत रहेका सुधनले गरेको लगानी बालुवामा पानी सरह भयो । त्यसपछि उनले होटल पनि छोडिदिए । एकातिर पैसा डुबेको तनाब अर्को तिर होटल पनि छाडिसकियो अब के गर्ने विकल्प भएन ।

सुधनले विगत सम्झदै भने, ‘मलाई त्यति बेला ३५ लाख घाटा प¥यो । म दुबई तिर पनि हानिए । फिल्मको भूतले मलाई छोडेन अनि फेरि म निर्माणलाई नै निरन्तरता दिन लागिपरे ।’ यो क्षेत्रमा डेढ दशक बिताएका सुधनले ‘जय होस्’ पछि निर्माण गरेको फिल्म हो ‘मेन्टल’ । निर्माण सम्पन्न भएको दुई वर्ष पछि बल्ल यो फिल्म रिलिज हुँदैछ । त्यसो त दुई चोटि रिलिज पोष्टपोण्ड भइसकेको ‘मेन्टल’ मंसिर १० मा रिलिज गराउने निर्माण पक्षको तयारी त हो तर हल म्यानेज भने अझै हुन नसकेको उनले गुनासो गरे । सुधनले थपे, ‘यो क्षेत्रमा त जसको पावर छ जसको पैसा छ त्यसैको प्रोडक्ट विक्री हुन्छ । राजनीतिले ग्रस्त भइसक्यो फिल्म लाइन । झिनो सहयोग समेत गर्न मान्दैनन् ।’ तीतो अनुभव साट्दै उनले जे भएपनि फिल्म लाइन प्रति एक खालको माया बसिसकेको बताए । न छोड्न सकिन्छ न अंगालेर फाइदा नै छ तर पनि नशा लागेपछि झट्ट टाढा हुन गाह्रो पर्ने उनको बुझाइ छ ।

‘हिटलर’ र ‘तिम्रै छोरी तरुनी हामीलाई के को दोष’ नामक दुई फिल्मको सुटिङ सम्पन्न भइसकेको छ । रिलिज तयारीमा रहेको यी दुई फिल्ममा समेत सुधनले लगानी लगाएका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो