तीन पात्रको जर्नीमा साया, गरियो ट्रेलर रिलिज


Filmy Kura, Nov 22, 2016 at 2:32 pm

promish-tina-saya-nepali-movieतीन पात्रको जर्नीमा आधारित फिल्म ‘साया’को ट्रेलर रिलिज गरिएको छ । सोमबार मण्डला थिएटरमा पत्रकारमाझ फिल्मको ट्रेलर शो गरियो ।

नयाँ कलाकारको बाहुल्यता रहेको फिल्मको ट्रेलरमा प्रेम, द्धन्द्ध र विछोडको पल समावेश गरिएको छ । गढीमाई फिल्मस्को व्यानरमा निर्माण भएको ‘साया’लाई प्रोमिस गुरुङले निर्देशन गरेका हुन् । समारोहमा प्रोमिसले यो फिल्म तीन जना व्यक्तिको जर्नी हुँदा आउने आरोह अवरोहमा केन्द्रित रहेको बताए ।

फिल्मको सफलताको कामना गर्दै कलाकार अनुप बरालले प्रोमिस आफ्नो स्टुडेन्ट भएको बताउदै राम्रै काम गरेको होला भन्नेमा आशा व्यक्त गरे । फिल्ममा स्वयम निर्देशक प्रोमिस सहित उमेश तामाङ, टिना श्रेष्ठ, पुष्कर गुरुङको शीर्ष भूमिका रहेको छ । फिल्ममा काम गर्ने कलाकार थिएटरबाट आएका नवोदित प्रतिभा हुन् । रामकृष्ण मगर र प्रोमिस गुरुङको संयुक्त लगानीमा तयार ‘साया’मा भरत क्षेत्रीको द्धन्द्ध, बाबुराम नेपालीको छायांकन र हरि सायमीको संगीत रहेको छ ।

यो फिल्म आउदो पुष ८ देखि रिलिज हुँदैछ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो