सुस्मिता संघमा जोडिनुको रहस्य, वितरकले बुझाएनन् एक रुपे हिसाब


Filmy Kura, Nov 23, 2016 at 5:33 pm

shushmita-kcकलाकार तथा निर्मात्री सुस्मिता केसीले वितरकबाट हैरानी खेप्नु परेको भित्री रहस्य फिल्मीकुरालाई खोलेकी छिन् । केही समय पहिले रिलिज भएको आफै निर्मित फिल्म ‘म त तिम्रै हुँ’को हाल सम्म एक रुपैयाँ पैसा समेत हिसाब वितरकले नगरेपछि उनी अहिले टेन्सनमा छिन् ।

नवगठित चलचित्र निर्माता संघमा जोडिनुको खास कारण पनि यहि भएको उनले बताएकी छिन् । ‘मैले हिसाब माग्न खोज्दा वितरकको फोन स्विच हुन्छ । म पुरानो मान्छेलाई त यस्तो गर्छन् नयाँको झन हालत के होला ?’, उनले थपिन्, ‘बक्स अफिस नहुँदा यो झन्झट व्यहोर्नु परेको हो ।’ उनको फिल्म काठमाडौँमा सुनिल मानन्धरले वितरण गरेका हुन् भने मोफसलमा एफडी कम्पनीले वितरण गरेको थियो । कलाकार तथा निर्मात्री केसीले ‘म त तिम्रै हुँ’ फिल्म बाट एक रुपैयाँ समेत नपाएको भन्दै सबै लगानी डुबेको बताइन् ।

उनले यहि नवगठित संघबाट यस्ता प्रकारको समस्या हल गर्न प्रयास गर्ने भनाइ राखेकी छिन् । त्यसो त घाटा खाइयो भन्दैमा फिल्म निर्माण कार्यलाई स्थगित नै राखेर अर्को पेशा अपनाउने सोचमा उनी छैनन् । अहिले छलफल चलिरहेको भन्दै छिट्टै नेक्स्ट् प्रोजेक्ट सुरु गर्ने तयारी रहेको सुस्मिताले जानकारी दिएकी छिन् । नवगठित निर्माता संघको सुस्मिता भाइस प्रेसिडेन्ट हुन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो