चर्चामा रेखाको प्रेम, विवाहबारे खोलिन् मुख (भिडियो)


Filmy Kura, Nov 24, 2016 at 2:01 pm

rekha-thapaनायिका रेखा थापाले आफू कसैको प्रेममा रहेको कुरा खुलासा गरेकी छिन् । एक टेलिभिजन अन्तर्वार्तामा उनले प्रेमको आभाष कसैबाट पाएको बताएकी हुन् । तर रेखाले उक्त पुरुषको नाम भने गोप्य राख्न चाहिन् ।

इमेज टेलिभिजनबाट प्रसारण हुने फिल्मी कार्यक्रम ‘पेज थ्री’मा प्रस्तोता श्याम अर्याल सँग प्रेमको विषयमा खुलेकी रेखाले विवाह गर्ने सोच रहेको स्पष्ट पारेकी छिन् । उनले भनेकी छिन्, ‘उ मेरो प्रेमी हो या होइन मलाई थाहा छैन । मैले अप्रोच गर्न बाँकी छ । तर उसको उपस्थितिमा मेरो मन प्रसन्न हुन थालेको छ । उ सँग भेट्दा एक प्रकारको रमाइलो हुने सेन्स आउन थालेको छ ।’

अब्बल अभिनय क्षमताले फिल्म क्षेत्रमा आफ्नो विशिष्ट पहिचान बनाएकी रेखा अर्को फिल्म ‘कसले चो¥यो मेरो मन फेरी’ निर्माणमा जुटेकी छिन् । हाल स्क्रिप्टको काम भइरहेको बताएकी रेखाले यसमा नयाँ हिरोलाई भित्राउदैछिन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो