प्रियंका बिनाको प्रिमियर, दयाहाङलाई भ्याइ नभ्याई


Filmy Kura, Nov 24, 2016 at 2:39 pm

dayahang-raiचलचित्र ‘पुरानो डुङ्गा’को बुधबार साँझ राजधानीमा प्रिमियर गरिएको छ । जय नेपाल हलमा गरिएको प्रिमियर शोमा नेपाली फिल्म क्षेत्रका चर्चित अनुहार उपस्थित थिए ।

अभिनेता दयाहाङ राई प्रिमियरकै लागि लण्डनबाट ‘ह्याप्पी डेज’ फिल्मको सुटिङ छाडेर नेपाल ल्याण्ड भएका थिए । व्यस्त दयाहाङ जय नेपाल हलमा सबैको आकर्षण बने । त्यसो त उनको व्यस्तता यति सम्म रह्यो कि फिल्मको पहिलो अंश थोरै हेरेर उनी अष्ट्रेलिया तर्फ प्रस्थान गरे । ‘पुरानो डुङ्गा’को प्रिमियरकै लागि निर्देशक रामबाबु गुरुङ र दया बुधबार बेलुका त्यता लागेका हुन् ।

प्रिमियरमा फिल्मकी मुख्य अभिनेत्री प्रियंका कार्की भने उपस्थित हुन पाइनन् । उनी फिल्मको सुटिङको लागि यतिबेला यूकेमा छिन् । प्रिमियरमा आर्यन सिग्देल, केकी, अधिकारी, बेनिशा हमाल, पूजा शर्मा लगायतका परिचित अनुहारको उपस्थिति रहेको थियो । मंसिर १० देखि अल नेपाल रिलिज थालनी गर्ने फिल्मलाई प्रिमियरमा मिश्रित प्रतिक्रिया मिलेको छ ।

फिल्मले डुङ्गा चलाएर जीवन धानेको माझीको कथालाई उतारेको छ । दुई दाजुभाईको कथामा अघि बढ्ने यस फिल्ममा दयाहाङ र प्रियंका सहित माओत्से गुरुङ, मेनुका प्रधान, डिबी गुरुङ, बुद्धि तामाङ लगायतका कलाकारले अभिनय गरेका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो