फ्राइडे रिलिज : पुरानो डुङ्गा र मेन्टल


Filmy Kura, Nov 25, 2016 at 11:07 am

purano-dunga-mentalमंसिर १० शुक्रबार देखि दुई भिन्न स्वाद र शैलीका फिल्म रिलिज भएका छन् । ती दुई फिल्म हुन् ‘पुरानो डुङ्गा’ र ‘मेन्टल’ । कलाकार दयाहाङ राई र प्रियंका कार्की स्टारर फिल्म ‘पुरानो डुङ्गा’ ले इनिसियल व्यापार राम्रो गर्ने अनुमान गरिएको छ । यता प्रथम खड्का र पूजा भट्ट अभिनित फिल्म ‘मेन्टल’ले भने थोरै हल पाएको छ ।

रामबाबु गुरुङ निर्देशित ‘पुरानो डुङ्गा’ले माझीको कथा पर्दामा देखाउन खोजेको छ । डुङ्गा चलाएर जीवन धान्ने समुदायको प्रतिनिधी पात्रको रुपमा कलाकार माओत्से गुरुङ देखिएका छन् । दया, प्रियंका, माओत्से र मेनुका प्रधान फिल्मका शीर्ष कलाकार हुन् ।

‘मेन्टल’ फिल्म भने पढेलेखेका बेरोजगार युवाहरुको कथामा आधारित फिल्म हो । सरोज पौडेल निर्देशित यो फिल्मलाई सुधन धितालले निर्माण गरेका हुन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो