स्वस्तिमालाई यसरी सुनाए सुरजले लभस्टोरी (लभ लभ लभ टिजर)


Filmy Kura, Nov 25, 2016 at 11:42 am

swasthima-khadka-suraj-pandeलभमा परेको मान्छेको विचार, अभिव्यक्ति, धारणा कस्तो होला ? सायद यो कुरा धेरैलाई अनुभव छ । चोखो भनिएको मायामा कहिले काही समाज अनि परिवार पर्खाल बनेर खडा पनि भइदिन्छन् । यसै बीच यहि मायाको सेरोफेरोमा केन्द्रित फिल्म ‘लभ लभ लभ’को टिजर रिलिज गरिएको छ । टिजरमा नवोदित कलाकार सुरज पाण्डेले आफ्नो लभस्टोरी स्वस्तिामा खड्कालाई सुनाएको देख्न सकिन्छ ।

यी दुई शीर्ष भूमिकामा रहेको फिल्मलाई दीपेन्द्र के खनालले निर्देशन गरेका हुन् । नयाँ वर्ष २०७४ लक्षित फिल्म बैशाख १ बाट अल नेपाल रिलिज हुने निर्माण पक्षले बताएको छ । शर्मीला पाण्डे निर्मित फिल्म ‘लभ लभ लभ’ मा सुरज र स्वस्तिमा सहित रमेश बुढाथोकी, देशभक्त खनाल, रुपा राना, आर्यन खड्का, गणेश मुनाल लगायतका कलाकारको अभिनय रहेको छ ।

फिल्ममा सूर्य थोकरको एक्सन, निरज कँडेलको सिनेमेटोग्राफी तथा कविराज गहतराजको कोरियोग्राफी हेर्न सकिन्छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो