ब्रेकअप जोडीलाई मंसिर १७ मा सँगै हेर्न पाइने


Filmy Kura, Nov 26, 2016 at 1:24 pm

nita-dhungana-aames-bhandariयस अघि नै प्रदर्शनमा आउने तयारी गरेपनि विविध कारणले प्रदर्शन हुन नसकेको फिल्म ‘तँ, म र ऊ’ अब भने मंसिर १७ मा रिलिज हुने लगभग पक्का भएको छ । श्रद्धा फिल्मस्को व्यानरमा निर्माण भएको यो फिल्मको टाइल अन्य फिल्म भन्दा अलि बेगल लाग्न सक्छ ।

‘तँ, म र ऊ’ मा नीता ढुंगाना, आमेश भण्डारी र सुदिन प्रसाईको मुख्य भूमिका रहेको छ । एउटा रमाइलो कुरा त के छ भने यहि फिल्मको सुटिङताका नीता र आमेश रियल लभमा परेका थिए । एक अर्का बीना बाच्नै नसक्ने यी दुईको प्रेम पनि सिनेमाको जस्तै बन्न पुग्यो । अर्थात आमेश र नीताको दुई दिने लभ अहिले भने टुङ्गीसकेको छ । ब्रेक अप भएपछि नीता फिल्म तीरै व्यस्त छिन् भने आमेश फिल्म नपाएपछि खाली छन् । अब कुरा गरौ सुदिनको । सुदिन कलाकार मात्र नभई यो फिल्मका प्रस्तुतकर्ता समेत हुन् । फिल्म क्षेत्रमा हिरो हुने हुटहुटीले मेकर हुनेको संख्या धेरै छ । उनी पनि कलाकारीताको प्यास मेटाउन मेकरको रुपमा भित्रिएका छन् । त्यसो त फिल्मलाई १ वर्ष अघि नै रिलिज गराउन ठूलै कसरत निर्माण पक्षले नगरेको होइन । लामो समयको ग्याप पछि रिलिज डेट बल्ल फाइनल भएको हो ।

पछिल्लो दृष्टान्त हेर्ने हो भने नेपाली फिल्ममा महिला निर्देशकहरु भटाभट भित्रिरहेका छन् । यो फिल्मलाई पनि महिला निर्देशक लक्षु गौतमले निर्देशन गरेकी छिन् । लक्षु गौतमले यो फिल्म साथीत्वको कथा भन्ने फिल्म भएको बताउदै आएकी छिन् । फिल्म रिलिज संघारमा आमेश र नीता प्रचार प्रसारमा हिडेको खासै देखिएको छैन । जे होस् फिल्म लाग्न एकसाता मात्र बाँकी छदा निर्माण पक्षको दौडधुप निकै बढेको छ ।

नवराज प्रसाईको लगानी रहेको फिल्म ‘तँ, म र ऊ’ मा शम्भु सापकोटाको छायांकन, प्रितम पाण्डेको सम्पादन तथा शिव परियार र अभिनेता समेत रहेका आमेश भण्डारीको संगीत रहेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो