फ्रेस पार्सल, द्धन्द्धमा उत्कृष्टता


Filmy Kura, Nov 27, 2016 at 12:13 pm

parcel-posterमंसिर २४ रिलिज फिल्म ‘पार्सल’ सबै कुराले फ्रेस रहेको निर्देशक रविन श्रेष्ठले बताएका छन् । फिल्मीकुरा सँग कुरा गर्दै उनले भने, ‘कथावस्तुको हिसाबले, लोकशनको हिसाबले यो फिल्म फ्रेस छ । दर्शकको मनोभवाना बुझेरै हामीले नयाँ टेष्ट दिन खोजेका छौ ।’

निर्देशक श्रेष्ठले ‘पार्सल’ हेर्न आउने दर्शक निराश हुने ठाउँ कति पनि नदिएको दाबी गरे । उनले मिहेनत अनुसारको फल मिल्नेमा आशा समेत व्यक्त गरे । यता फिल्मका प्रस्तुकर्ता किशोर लिम्बुले ‘पार्सल’को द्धन्द्ध उत्कृष्ट रहेको ठोकुवा गरे । उनले थपे, ‘मलाई फिल्मको विषयवस्तु मन परेरै लगानी लगाएको हुँ । फिल्ममा उत्तिकै दमदार फाइट छ लभ सिक्वेन्स छ । सबै कुराको समिश्रण हो पार्सल ।’

त्यसो त फिल्मका मुख्य कलाकार किशोर खतिवडा र नीता ढुंगाना अन्य फिल्ममा व्यस्त भएका कारण ‘पार्सल’ प्रचार प्रसारमा पर्याप्त समय खर्चिन सकिरहेका छैनन् । किशोरलाई ‘पार्सल’मा एक्सन अवतारमा देख्न सकिन्छ । यी दुई बाहेक फिल्ममा विक्रम सिंह, प्रभु श्रेष्ठ, प्रेसिका निरौला, मनोज शाक्य, प्रेम सुब्बा लगायतका कलाकारको अभिनय रहेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो