किक बक्सिङको मास्टर म राजेश हमालको प्रेरणाले फिल्ममा आए : कलाकार सुदिन


Filmy Kura, Nov 30, 2016 at 1:17 pm

sudin-prasaiफिल्म लाइनको क्षेत्र बढो गजबको छ । कसैलाई रातारात हिरो अनि कसैलाई रातारात जिरो बनाइ दिने यो क्षेत्रमा नयाँ मानिसहरु फूलमा माहुरी टासिए जसरी आकर्षित भइरहेका छन् । नहुन पनि किन ? मान सम्मान पाइने, सबैले चिन्ने आदर सत्कार गर्ने । आहा ! तर बाहिर देखे जस्तो भित्री पाटो छैन यो क्षेत्रको । फिल्ममा हिरो हिरोइनको अभिनय हेरेरै आफू पनि कलाकार बन्ने चाहना पाल्दै थुप्रै मानिस यो फिल्डमा आएका छन् । यहि मध्येका एक हुन् सुदिन प्रसाई पनि । कुनै समय किङ बक्सिङको मास्टरका रुपमा काम गर्ने सुदिनलाई एकाएक यो लाइनमा आउ आउ लाग्यो । राजेश हमाल अभिनित फिल्म हेरेपछि उनले आफूलाई पनि राजेश सँग तुलना गर्न थाले । त्यही पात्र र चरित्रमा आफूलाई कल्पना गर्न थाले । त्यसपछि त के चाहियो र । उनमा हिरो हुने ब्यग्र चाहना रोकिने कुरै भएन ।

सुदिन विगत सम्झदै भन्छन्, ‘राजेश दाई अभिनित फिल्म चट्याङबाट म निकै प्रभावित भए । फिल्ममा उहाँले गर्ने समाज सेवा । विद्रोही स्भाव । अप्ठेरो पर्दा दिने साथ यसले गर्दा मलाई पनि कलाकार बन्ने भूत चढ्यो । म यो क्षेत्रमा आउनु अगाडि राजेश दाईको फिल्म हेर्दै डायलग बोल्थे । कपाल पनि त्यस्तै पाल्थे ।’ हुन त फिल्म क्षेत्र राजेशमय भएको बेला प्राय हरेक केटाहरु राजेश हमालको गेटअपलाई फलो गर्दथे । यही क्रममा शितल केसी भित्रिए । उनलाई त सबैले नक्कली राजेश हमाल भनेरै चिन्दछन् । हेयर स्टाइल मात्र होइन फेस समेत लगभग मिल्न खोज्छ शितलको राजेश सँग । यसपछि भने सुदिन झस्किए । राजेश हमालको रुपमा त अरु कोही भित्रिहाल्यो अब उनी राजेश जस्तो होइन एउटा राम्रो कलाकार बन्छु भन्ने सोचेर फिल्म क्षेत्र प्रवेश गरे ।

सुरुवाती दिनमा थुप्रै ठाउँ धाए पनि । उनलाई सम्झना छ । ‘गहना’ टेलि सिरियलमा क्यामेरा फेस गरेको । केही भोजपुरी फिल्ममा पनि देखिएका उनी नेपाली फिल्म मै जम्नु पर्छ ठानेर कलाकारीताको प्यास बुझाउन निर्माण तिर होमिए । आफ्नै भाइलाई साथ लिएर उनले एउटा फिल्म निर्माण गरे । त्यो फिल्मको नाम हो, ‘तँ, म र ऊ’ । उनी यस फिल्मको शीर्ष कलाकार हुन् । फिल्म त करिब एक वर्ष लगाएर बनाइयो तर प्रदर्शन भनेको समयमा गर्न सकिएन । उनलाई यो बीचमा थुप्रै फ्रस्टेशन भयो । अब भने उनी फिल्म रिलिज हुने भएपछि केही खुसी छन् । मंसिर १७ देखि उनी अभिनित फिल्म रिलिज हुँदैछ । करिब ६० लाखको बजेटमा निर्माण भएको भनिएको यो फिल्ममा उनी सहित नीता ढुंगाना र आमेश भण्डारीको शीर्ष भूमिका रहेको छ । फिल्म रिलिज संघारमा नीता र आमेशले प्रचार प्रसारमा कौडी पनि साथ नदिएपछि उनी आक्रोशित भएका छन् । उनले फिल्म निर्माणताका नयाँ हिरो आमेशलाई ब्रेक दिएको घटना सम्झदै भने, ‘एउटा राम्रो केटा अवसर नपाएर बसिरहेको थियो । म कहाँ धेरै पटक भेट्न समेत उ आयो । मैले नै उसलाई पहिलो पटक ब्रेक दिए । पहिला दाई भनेर खुट्टा ढोग्थ्यो । अहिले उसले मेरो फोन समेत रिसिभ गर्दैन । तर यस्तै व्यवहार आमेश र नीताले देखाउने हुन् भने यी दुई धेरै टिक्न सक्दैनन् ।’ त्यसो त आमेश र नीता यही फिल्म सुटिङताका रियल लभमा परे । अहिले भने यी दुईको लभ ब्रेकअपमा परिणत भइसकेको छ । यसले गर्दा पनि यी दुई सँगै काम गरेको फिल्मका लागि समय खर्चिन तयार नभएको देखिन्छ ।

सुदिनले यो फिल्मको रिजल्ट जे जस्तो आएपनि यसको सिक्वेल बनाएरै छाड्ने बताएका छन् । राजेश हमालबाट प्रेरणा पाएर यो क्षेत्रमा होमिएका उनको काम कतिको तारिफ योग्य होला त ? हेर्नका लागि भने मंसिर १७ मा हल सम्मै जानुपर्ने हुन्छ । जे होस् तीन साथी बीचको मित्रलाई यो फिल्मले पस्कन खोजेको छ । स्मरण रहोस् सुदिनको डेव्यू फिल्म ‘तँ, म र ऊ’ लाई महिला निर्देशक लक्षु गौतमले निर्देशन गरेकी हुन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो