दुई वर्ष पछि बिहे गर्दै अभिनेत्री नम्रता


Filmy Kura, Nov 30, 2016 at 1:41 pm

अभिनेत्री नम्रता श्रेष्ठले अबको दुई वर्ष पछि बिहे गर्ने बताएकी छिन् । फिल्मीकुरा सँगको एक विशेष संवादमा उनले बिहेको विषयमा आफ्नो धारणा सार्वजनिक गरेकी हुन् ।

namrata-shrestha-dawa-sherpa

प्रेमी दावाको साथ नायिका नम्रता

उनले भनिन्, ‘हो मलाई घरबाट पनि यही विषयमा भनिरहनु भएको छ । यस विषयमा मैले पनि सोचिरहेको छु । अबको दुई या तीन वर्ष भित्र म बिहे गर्नेछु ।’ बिहेको विषयमा यसरी खुलेर कुरा गरेपनि अभिनेत्री नम्रताले हाल भइरहेको प्रेमको विषयमा भने केही भन्न चाहिनन् । त्यसो त एउटा गीत नै छ ‘माया एउटा सँग बिहे अर्कै सँग’ भन्ने । प्रेमीको विषयमा केही भन्न नचाहेपनि उनको पछिल्लो लभ अफेयर्स बारे भने मिडियाले कलम चलाइरहेका छन् ।

जून समारोहमा जाँदा पनि प्रेमीकै साथ जाने गरेकी छिन् पछिल्लो समय नम्रता । दावा शेर्पा नाम गरेको व्यक्ति सँग उनको लभ चक्कर चलिरहेको छ । विवाह पछि फिल्म क्षेत्रबाट भासिने नायिकाको संख्या धेरै छ तपाई चाहि के गर्नुहुन्छ नी भन्ने अर्को प्रश्नमा उनले भनिन्, ‘मैले जे जाने त्यही गर्ने हो । म विवाह पछि पनि यही क्षेत्रमा क्रियाशील रहनेछु ।’ प्रेम र विवाहको प्रसंग आउदा नम्रतालाई हेर्ने दृष्टिकोण अझै पनि कतिपय व्यक्तिमा भने फरक भएको पाइन्छ । कुनै समय विश्वास गरेको मान्छेबाटै घात व्यहोर्नु परेको थियो नम्रताले । फिल्म क्षेत्रमा बढ्दो चर्चा सँगै उनको सेक्स भिडियो समेत आउट भएको थियो । यसले उनको करियरलाई ध्वस्त बनाउने धेरैले अनुमान गरे । सोसल साइटमा समेत उनको सेक्स भिडियोलाई राखियो । तर पछि यसलाई हटाइयो । जे होस् प्रखर अभिनय क्षमताले नै उनी यो फिल्डमा टिकीरहेकी छिन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो