डान्समा कमजोर नवल भन्छन्, ‘यो जूनिमा सुधार्न सक्दिन’


Filmy Kura, Nov 30, 2016 at 2:04 pm

nawal-khadkaक्रान्तिकारी स्वभावका हिरो भनेर चिनिने नवल खड्काले हाल सम्म २५ वटा जति फिल्ममा अभिनय गरेका छन् । पछिल्लो समय आफै निर्मित फिल्म ‘आवाज’, ‘दशगजा’ र ‘भीमदत्त’ मा उनी शीर्ष भूमिकामा देखिए । दर्शकले उनको कामको खुलेरै तारिफ पनि गरे ।

उनले फिल्म गर्दा आवश्यक पर्ने अभिनय, नृत्य र द्धन्द्धमा आफू सबैभन्दा कमजोर नृत्यमा रहेको फिल्मीकुरालाई बताएका छन् । नवल भन्छन्, ‘फाइट पनि ठिकै हान्न सक्छु जस्तो लाग्छ । अभिनय त मुख्य कुरा नै हो फिल्मको लागि चाहिने । यो कुरा त दर्शकले मूल्याङ्कन गर्नु भएको छ नै । मलाई आउदै नआउने भनेको नाच्न नै हो । सायद म यो जूनिमा डान्स सुधार्न सक्दिन होला ।’

पछिल्लो समय फिल्मको पर्दामा खासै नदेखिएका उनले ‘भीमदत्त’ निर्माणताका भक्तपुरको जग्गा नै बेचिदिए । फिल्म निर्माणबाट लाखौको घाटा व्यहोर्नु परेको तीतो सत्य उनी माझ अझै ताजा छ । यतिभइकन पनि उनी पुनः अर्को फिल्म निर्माणका लागि जुटेका छन् । नवलले एउटा पश्चिम क्षेत्रको कथामा फिल्म बनाउने विषयमा छलफल भइरहेको बताए । फागुन महिनाबाट यो प्रोजेक्ट सुरु गर्ने तयारीमा उनी जुटेका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो