अष्ट्रेलियाबाट रामबाबुले लेखे, ‘ब्लक गर्‍या छैन, भद्र विश्लेषण सुझाब हुन्’


Filmy Kura, Nov 30, 2016 at 2:43 pm

ram-babu-gurungचलचित्र निर्देशक रामबाबु गुरुङले ‘पुरानो डुङ्गा’को विषयमा छाडा शब्दहरु बाहेक भद्र विश्लेषणलाई आफूले सुझाबको रुपमा लिएको बताएका छन् । फिल्मको प्रदर्शनको क्रममा हाल अष्ट्रेलिया रहेका गुरुङले कसैलाई पनि फेसबुकबाट ब्लक नगरेको दाबी गरेका छन् ।

‘पुरानो डुङ्गा’को केही पत्रकारले नकारात्मक समीक्षा गरेपछि उनले ती पत्रकारलाई ब्लक गरेको चर्चा चलेको थियो । तर निर्देशक गुरुङले डुङ्गा डुब्या पनि छैन फेसबुकमा ब्लक पनि गर्या छैन भन्दै एक स्टाटस लेखेका छन् । त्यसो त उनले ती समीक्षक प्रति नै लक्षित गर्दै सपनामा कथेर विपनामा लखेट्न नहुने तर्क गरेका छन् । डुबाउने र डुबेको भीडमा देख्ने सबैलाई उनले डुङ्गा तैरिरहेको सन्देश समेत प्रवाह गरेका छन् । त्यसो त समीक्षा पछि फिल्मको अन्तर्राष्ट्रिय बजार केही खस्कन सक्ने अनुमान गरिएको थियो । यद्धपि फिल्म निर्माण यूनिट विदेशका विभिन्न ठाउँमा शो देखाउन लागिपरेको छ ।

नेपालमा पनि फिल्मले मल्टिप्लेक्स हलहरुमा भने उत्कृष्ट व्यापार गरेको थियो । गुरुङ निर्देशित फिल्ममा माओत्से गुरुङ, दयाहाङ राई, प्रियंका कार्की र मेनुका प्रधानको मुख्य भूमिका रहेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो