भुवन भन्छन्, ‘अनमोललाई स्वतन्त्रै छोडेको छु’


Filmy Kura, Nov 30, 2016 at 3:13 pm

anamol-kc-bhuwan-kcनेपाली फिल्म क्षेत्रका क्यूट हिरो अनमोल केसीलाई पिता भुवन केसीबाट कतै बन्धनमा त राखिएको हैन भन्ने अहिले सर्वत्र चर्चा चलेको छ । कारण ठूलै सभा समारोह अथवा नेपाली फिल्मको अवार्ड सेरोमनीमा समेत अनमोलको अनुपस्थिती रहनुमा भुवन नै कारक हुन् कि अनुमान गर्न थालिएको छ ।

त्यसो त सेलिब्रेटी भइसकेपछि वेट घट्छ भनेर पनि जस्तो पायो त्यस्तो कार्यक्रममा कलाकार जाने गर्दैनन् । तर अनमोल लाउ लाउ खाउ खाउ भन्ने उमेरका छन् । अनमोलको उमेरमा भुवन लभ गरेर हिड्थे । उनलाई पनि मन लाग्दो होला खुल्ला संसारमा रमाउन । तर अनमोल यी सब कुराबाट बञ्चित जस्तै छन् । यही विषयमा फिल्मीकुराले भुवनलाई किन तपाईले छोरालाई बाहिर समेत निस्कन नदिनु भएको भनेर प्रश्न गरेको थियो । उनले जवाफमा भने, ‘एक त अनमोल यसरी बाहिर तिर हिड्न चाहदैन । मैले रोकेको भन्ने कुरा सरासर झुटो हो । बाबु भएको नाताले मैले सही बाटो हिड्न उसलाई सिकाउनु पर्छ । अनमोल भनेको सेलिब्रेटी हो । जहाँ पायो त्यही जाँदा उसको महत्व घट्न सक्छ भन्नेमा म सजग छु । मैले उसलाई स्वतन्त्रै छाडेको छु । अर्को कुरा अनमोल आफ्नै काममा पनि व्यस्त रहन्छ ।’

भुवनले अनमोललाई पढे लेखेको जेन्टल म्यानको संज्ञा दिदै कहाँ जान हुन्छ कहाँ जान हुँदैन भन्ने कुरा उसले निर्णय गर्न सक्ने भइसकेको बताए । सदाबहार हिरोको ट्याग भिरेका भुवनले आफू अनमोलको बुबा भनेर चिनिन पाउँदा खुसी लाग्ने धारणा राखे । त्यसो त ‘कृ’ फिल्मका लागि आन्तरिक तयारीमा अनमोल लागेकोले गर्दा ठूलै भनिएका इभेन्टमा पनि उसले सहभागीता जनाउन नसकेको भुवनको ठहर छ । भर्खरै अमेरिकाबाट नेपाल फर्किएका भुवन ‘कृ’का निर्माता समेत हुन् । फिल्म निर्देशन यात्रा समेत जारी राख्ने उनको योजना छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो