मोक्ष हिरोलाई लिएर सुवासले गरे पर्व घोषणा, छुटे आर्यन


Filmy Kura, Nov 30, 2016 at 3:56 pm

namrata-koshish‘मोक्ष’ फिल्मका शीर्ष कलाकार कोशिश क्षेत्री र ‘क्लासिक’ हिरोइन नम्रता श्रेष्ठलाई लिएर निर्माता सुवास गिरीले ‘पर्व’ फिल्म निर्माणको घोषणा गरेका छन् । सुवास सँगै लगानीमा टिभी फिल्मीले साझेदारी गरेको छ ।

त्यसो त निर्माता सुवास र नायक आर्यन सिग्देलको दोस्तीको विषयमा धेरै कुरा उल्लेख गरिरहनु नपार्ला । सुवास इन्टरटेन्मेन्ट र आर्यन इन्टरटेन्मेटको संयुक्त लगानीमा यस अघि ‘नोभेम्बर रेन’ र ‘क्लासिक’ निर्माण भइसकेको छ । सुवासले यो पटक भने टिभी फिल्मी सँग सहकार्य गर्दा नायक आर्यन सिग्देल छुटेका छन् । यो विषयमा नायिका नम्रतालाई प्रश्न गर्दा फिल्मको होल स्टोरी नै नायक कोशिश क्षेत्री सँग मिल्दोजुल्दो भएकाले आर्यन यो फिल्ममा नभएको बताइन् । आर्यन र नम्रताको फिल्मी जोडीलाई सिनेवृत्तमा दर्शकले निकै रुचाएको पाइन्छ । उनले अर्को एक प्रसंगमा आर्यन आफ्नै प्रोजेक्टमा व्यस्त भएको बताइन् ।

यता गायक समेत रहेका कलाकार कोशिश क्षेत्रीले ‘मोक्ष’ पछि विविध कारणले चाहेर पनि फिल्ममा आउन नसकेको बताए । उनले भने, ‘कहिले भूकम्प कहिले साइन गरेको फिल्म सुटिङ फ्लोर नगई निर्माता फरार हुने कारण म आउन सकिन । तर अहिले राम्रो टिममा जोएन हुन पाएको छु । आशा छ पहिलाको जस्तै साथ दिनु हुनेछ भन्ने ।’ सस्पेन्स, थ्रिलर भनिएको फिल्म ‘पर्व’ लाई दिनेश राउतले निर्देशन गर्नेछन् । टिभी फिल्मीको छैटौ बार्षिकोत्सवको अवसर पारी फिल्म निर्माण घोषणा गरिएको हो ।

फिल्ममा सुवास गिरी र निकिता पौडेलको लगानी रहनेछ । फिल्म आउदो चैत्र २५ गते रिलिज गरिने निर्माण पक्षको भनाइ छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो