नयाँको बाहुल्यतामा समर्पण, हुँदैछ पौष १५ मा रिलिज


Filmy Kura, Dec 1, 2016 at 12:36 pm

samarpanनयाँ कलाकाकारको बाहुल्यता रहेको फिल्म ‘सपर्मण’ आगामी पौष १५ देखि रिलिज हुँदैछ । यस अघि ‘राजनीति’, ‘विजयपथ’ र ‘आवेग’ जस्ता फिल्म निर्देशन गरेका बसन्त निरौला निर्देशित फिल्म हो ‘समर्पण’ ।

निर्देशक निरौलाले नयाँ कलाकारको हाबी रहेपनि हरतरहबाट फिल्मलाई उत्कृष्ट बनाउन निकै मिहेनत गरिएको फिल्मीकुरालाई बताएका छन् । त्यसो त आज भन्दा १२ वर्ष पहिले ‘सपर्मण’ नामको फिल्म रिलिज भएको थियो । टाइटल उही भएपनि यो फिल्म पहिलाको सिक्वेल नभएको र विषयवस्तु पनि नितान्त फरक भएको निर्देशक निरौलाको कथन छ ।

नेपाल र बंगलादेशमा छायांकन गरिएको यो फिल्मले फ्रेण्डसिपको दायरा कस्तो हुन्छ भन्ने कुरा देखाउन खोजेको निर्माण पक्षले जनाएको छ । रोजन रखालको प्रस्तुत यस फिल्ममा रुवी शर्मा, प्रयास तामाङ, रोजन रखाल, अनु पराजुली, विश्वास तामाङ लगायतका कलाकारको अभिनय रहेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो