प्ले ब्वाई अमृतको रेखा थापा सँग फिल्म खेल्ने मन


Filmy Kura, Dec 6, 2016 at 5:59 pm

amrit-sahi-thakuriनेपाली फिल्ममा कतिपय नेगेटिभ क्यारेक्टर गरेरै सबैमाझ परिचित बनेका छन् । कुनै समय नायिकालाई बलात्कार गरेको सिनबाटै चर्चित बनेका दीपक क्षेत्री देखि हेमन्त बुढाथोकी सम्मबाट प्रभावित भएर खलनायक बन्न आउनेहरुको जमात पनि थुप्रै छ सिने नगरीमा ।
त्यसो त रिलमा बलात्कारीको भूमिकामा देखिने यी खलनायक रियलमा भने यी कुकर्मबाट सदा टाढा रहेको पाइन्छ । यसै क्रममा एक फिल्ममा २४ वर्षिय एक युवक प्ले ब्वाईको रुपमा देखापरेका छन् । ‘समर्पण’ फिल्ममा प्ले ब्वाईको रुपमा देखिएका कलाकार हुन् अमृत शाही ठकुरी । पाँच छ वटा म्युजिक भिडियोमा मोडलिङ गरिसकेका अमृतको यो डेव्यू फिल्म हो । उनको डेव्यू भने प्ले ब्वाईको रुपमा भएको छ ।

फिल्मीकुरा सँगको भलाकुसारीमा उनले ‘समर्पण’मा निभाएको भूमिकालाई लिएर सबैले अचेल प्ले ब्वाई भनी बोलाउन थालेको बताएका छन् । आखिर किन दिइयो त उनलाई यस्तो प्रकारको रोल ? जवाफमा अमृत भन्छन्, ‘सायद मेरो गेटअप हेर्दा मेरो अभिनय हेर्दा यही क्यारेक्टर फिट देखियो होला त्यसैले मलाई यो रोल दिएको हो की जस्तो लाग्छ । तर मलाई यो चरित्रमा डुब्न धेरै मिहेनत गर्नुप¥यो ।’

उनले फिल्म क्षेत्र केबल नाम कमाउनका लागि रोजेको समेत स्पष्ट पारेका छन् । नेपाली फिल्म क्षेत्रकी नम्बर वान नायिका रेखा थापा सँग फिल्म खेल्न मन लागेको अमृतले कुराकानीको सिलसिलामा बताए । हामीले उनलाई रेखाको छोरा भएर खेल्ने कि ब्वाएफ्रेन्ड भएर खेल्ने भनि प्रश्न गरेका थियौ । हाँस्दै उनले भने, ‘फिल्मको कथाले के माग्छ त्यहि अनुसार प्रस्तुत हुन तयार छु । सायद अब त छोरा कै रुपमा अझ फिट देखिएला ।’ आउँदो पौष १५ रिलिज फिल्म ‘समर्पण’ को शीर्ष कलाकार मध्येका एक हुन् अमृत । प्रेम कथामा बनेको यो फिल्मबाट दर्शकले भरपुर मनोरञ्जन पाउनेमा उनी आशावादी छन् । ‘समर्पण’ ले केही हद सम्म भएपनि आफ्नो फिल्मी करिअरलाई बुष्ट गर्ने अमृतले ठोकुवा गरेका छन् । उनी सँगै यो फिल्ममा रञ्जु शर्मा, रुवी शर्मा, रोजन रखाल लगायतका कलाकारको अभिनय रहेको छ । फिल्मलाई बसन्त निरौलाले निर्देशन गरेका हुन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो