प्रदर्शनीमा पार्सल, ५ दर्जन हलबाट एकसाथ


Filmy Kura, Dec 9, 2016 at 12:05 pm

parcel-posterदेशभरका करिब ५ दर्जन हलबाट चलचित्र ‘पार्सल’ प्रदर्शनमा आएको छ । फ्राइडे रिलिज अन्तर्गत मंसिर २४ बाट ‘पार्सल’ सँगै ‘सेतो सूर्य’ नाम गरेको फिल्म हलमा लागेको हो ।

कुरा सुरु पार्सलबाट गरौ । विदेशमा बस्ने लाहुरेले आफ्नी मायालुलाई पठाएको ‘पार्सल’ बीच बाटोमा हेरफेर हुदा आइपर्ने आपतकालीन अवस्थालाई यो फिल्मले मनोरञ्जनात्मक शैलीमा चित्रण गर्न खोजेको छ । रविन श्रेष्ठले ‘पार्सल’लाई निर्देशन गरेका हुन् । रविनको यो डेव्यू निर्देशन समेत हो । किशोर लिम्बु सम्बाहाङ्फेले ‘पार्सल’मा लगानी गरेका छन् ।

काठमाडौ, मुग्लीन, हेटौडा, इटहरी, दमक, धरान, ताप्लेजुङ लगायतका स्थानमा छायांकन गरिएको पार्सलमा किशोर खतिवडा, नीता ढुंगाना, प्रभु श्रेष्ठ, प्रेम सुब्बा, विक्रम सिंह थारु, सिर्जना बनेम लिम्बु र स्वयम निर्माता किशोर लिम्बुको अभिनय हेर्न सकिन्छ । शीर्ष कलाकार किशोर र नीताले अन्तै व्यस्त भएका कारण पार्सलको पब्लिसिटीमा पर्याप्त समय दिन भने सकेको देखिएन । यद्धपि किशोरले भ्याए सम्म आफ्नो उपस्थिति मिडियामा देखाए । जहाँ किशोर त्यहा एक्सन दर्शकले अपेक्षा गर्ने भएको हुँदा पार्सलमा पनि त्यो प्रकारको एक्सन रहेको उनको दाबी छ । त्यसो त किशोर अभिनित फिल्मले पछिल्लो समय खास जादु भने छर्न सकेको छैन । नायिका रेखा थापा सँग एकसाथ अभिनय गरेका फिल्म मात्र दर्शकलाई याद होला उनी अभिनित अन्य फिल्म केबल हल आयो आयो भन्दा भन्दै बाहिरिएको उनी आफैले समेत पत्तो पाउदैनन् । भन्ने नै हो भने नीताको पनि फिल्मी करिअर ओरालो तर्फ लाग्दैछ । तर ‘पार्सल’ले केही हद सम्म भएपनि यी दुई लगायत अन्य कलाकारलाई माथि उठाउन मद्दत पुग्ने निर्माण स्रोतको दाबी छ ।प्रभु श्रेष्ठद्धारा लिखित फिल्ममा युवराज राईको छायांकन, प्रज्वलदीप पराजुलीको सम्पादन, विकास चौधरीको संगीत, कुमार महर्जनको द्धन्द्ध हेर्न पाइनेछ ।

यता सोहि मितिबाट प्रदर्शन भएको वाइट सन अर्थात ‘सेतो सूर्य’लाई दीपक रौनियारले निर्देशन गरेका हुन् । यस अघि ‘हाइवे’ फिल्म निर्देशन गरेका रौनियारको ‘सेतो सूयर्’ दोस्रो निर्देशकिय सिर्जना हो ।

नेपाली समाजमा भेटिएका समसामयिक विषयमा फिल्म बनाउन रुचि राख्छन् निर्देशक रौनियार । यो फिल्म तत्कालिन द्धन्द्धको कथा नभइकन त्यसले निम्त्याएको परिणामको कथा भएको निर्देशक रौनियारको कथन छ । जे होस् फिल्म वाइट सनमा भने हालका निकै रुचाइएका कलाकार दयाहाङ राई सहित रविन्द्र सिंह बानियाँ, आशा मगराती, सुमी मल्ल, अमृत परियार लगायतका कलाकारको अभिनय रहेको छ । त्यसो त केही समय पहिले रिलिज भएको फिल्म पुरानो डुंगाबाट भने दयाहाङले खासै सफलता पाउन सकेनन् । हातमा एक पछि अर्को फिल्म भएका दयाहाङले सेतो सूर्य तीन पुस्ताको कथा भएको बताए ।

केही समय अघि मात्र ‘सेतो सूर्य’ले एसियाको प्रतिष्ठित सिंगापुर फिल्म फेस्टिभलमा उत्कृष्ट फिल्म दरिदै ५५ हजार ५ सय सिंगापुर डलर जितेको थियो । भेनिस, टोरन्टो, बुसानजस्ता विश्वका प्रतिष्ठित फिल्म फेस्टिभलमा समेत दरिलो उपस्थिति जनाइसकेको यो फिल्मले नेपालमा भने नाम अनुसारको प्रकाश छर्न कतिको सक्ने हो साताको व्यापार पश्चात मात्र भन्न सकिन्छ । यो फिल्मको विभिन्न देशमा पब्लिक शो समेत गरिने निर्माण पक्षले जानकारी गराएको छ । निर्देशक रौनियार सहित अन्य केही विदेशी नागरिकको फिल्ममा लगानी रहेको छ । रिलिजको अघिल्लो दिन राजधानीमा फिल्मको प्रिमियर शो समेत गरिएको थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो