लाजालामले चर्चित हास्यकलाकार आर.पी भट्टराईको निधन


Filmy Kura, Dec 9, 2016 at 12:23 pm

rp-bhattarai-filmykura‘लाजालाम’ उपनामका चर्चित हास्यकलाकार आर.पी भट्टराईको निधन भएको छ । आफ्नै गृहनगर विराटनगरमा उनी मृत अवस्थामा भेटिएका थिए ।

केही दिन अघि मात्र आर.पी विराटनगर गएका थिए । बिहीबार बेलुका फूपूको घरमा खाना खाएर सुतेका आर.पी शुक्रबार बिहान मृत अवस्थामा भेटिएको पारिवारिक स्रोतले बताएको छ ।

मोटो ज्यानका आर.पी सुगर र प्रेसर रोग सँग लडिरहेका थिए । ‘तीतो सत्य’ हास्य शृङ्खलामा ‘लाजालाम’ क्यारेक्टरबाट सबैमाझ परिचित बनेका उनी प्यारोडी गायक समेत हुन् । उनको अप्रत्याशित निधनको खबरले थुप्रै कलाकार मर्माहित भएका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो