माओवादीको सदस्य नै होइन भन्दै रेखा राप्रपा प्रवेश


Filmy Kura, Dec 12, 2016 at 1:20 pm

rekha-thapa-filmykura-pic-final

नायिका रेखा थापा औपचारिक रुपमा राप्रपा पार्टीमा प्रवेश गरेकी छिन् । आज राजधानीमा भएको एक कार्यक्रमका बीच उनी माओवादी केन्द्र छाडेर राप्रपा पार्टीमा प्रवेश गरेकी हुन् ।

रेखालाई पार्टी अध्यक्ष कमल थापाले स्वागत गर्दै टीका लगाइ दिएका थिए । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रति निकै निकट रहेकी रेखाले माओवादी पार्टी परित्याग गर्नुमा पार्टी टुक्रिनु प्रमुख कारण मानिएको छ । पछिल्लो समय फिल्ममा भन्दा राजनीतिमा बढी चासो दिएकी रेखाले राप्रपाले अंगालेको हिन्दु राष्ट्र मनपरेरै पार्टी परिवर्तन गरिएको बुझिएको छ ।

पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले फिल्ममा समेत आफू काली, दुर्गा, भवानीको रुपमा देखिएको र यही आफू भित्रको रियल रुप भएको बताइन् । त्यही अनुरुप हिन्दु धर्मबाट प्रत्यक्ष प्रभावित भएको र राप्रपा पार्टी नै रोजेको उनको स्पष्टोक्ती थियो । उनले आफू पहिला माओवादी पार्टीको सदस्य नभएको समेत जिकिर गरिन् । रेखाले थपिन्, ‘कतिलाई भ्रम छ । म माओवादीको हो भन्ने तर मैले यसरी औपचारिक रुपमा पार्टी प्रवेश गरेको यो नै पहिलो पटक हो । अब भन्नुस् म माओवादी हो त ?’

राष्ट्रियताको पक्षमा लडिरहने बताउदै रेखाले आफू हिन्दु नारी भएको बताइन् । आफू कुनै पनि पदको लोभले पार्टी प्रवेश नगरेको भन्दै उनले पत्रकारलाई समेत यो कुरामा स्पष्ट भइदिन आग्रह गरिन् । रेखाले भनिन्, ‘मलाई कसैले यो पार्टी प्रवेश गर्न उक्साएको होइन । मैले मेरो आत्माबाट निर्णय गरेर यो पार्टी प्रवेश गरेको हुँ ।’ उनले सम्बोधनको अन्त्यमा कमल थापाको आफू ठूलो फ्यान भएको बताएकी थिइन् । नेपालको झण्डा ओढेर मर्ने चाहना रहेको भन्दै अब निरन्तर देशको सेवामा लाग्ने रेखाले वाचा समेत गरिन् ।

केही समय अघि मात्र सञ्चारकर्मी तथा गायिका कोमल वली पनि राप्रपा पार्टीमा प्रवेश गरेकी थिइन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो