तक्मे बुढा बने बलिउड फिल्मका नायक, आयषा सँग स्क्रिन सेयर गर्दै


Filmy Kura, Dec 14, 2016 at 11:54 am

wilson-bikram-and-aayasha-takiya
नेपाली कला क्षेत्रमा ‘तक्मे बुढा’ उपनामले सर्वत्र चिनिने हास्य कलाकार विल्सन विक्रम राई बलिउड फिल्मका नायक बनेका छन् । उनले यतिबेला बलिउडकी चर्चित हिरोइन आयषा टाँकिया मुख्य भूमिकामा रहेको एक फिल्ममा विशेष भूमिका निर्वाह गरिरहेका छन् ।

१५ सिनका लागि अनुबन्धीत भएका विल्सन उर्फ ‘तक्मे बुढा’ बलिउड हिरोइन आयषा सँग एक साथ देखिनेछन् । तीन दिन देखि सुटिङ सेटमा व्यस्त विल्सनले नेपालको राष्ट्रिय पहिचान झल्कने ढाका टोपीको समेत प्रयोग गरेका छन् । कथाको माग अनुसार ढाका टोपीमा देखिएका विल्सन बलिउड फिल्म सम्म पुग्नुमा भने उनको नामको सर्वत्र चर्चा हुनु प्रमुख कारण मानिन्छ ।

भारतबाट नेपालमा कन्सर्ट गर्न आएको एक सांगीतिक ग्रुपका सदस्यले विल्सनको चर्चा सुनेपछि यो प्रोजेक्टका लागि सिफारिस गरिएको बुझिएको छ । चाइल्ड साइकोलोजीमा आधारित कमेडी जनराको यो फिल्मलाई आशुतोष वारङले निर्देशन गरिरहेका छन् । मिल्ली सिन्नलको लगानी रहेको फिल्ममा विल्सन र आयषाको अलवा सुप्रिया पिलजंकर, नील भूपालान, राजश्री देशपाण्डे र बालकलाकार सर्ताज कक्कर मुख्य भूमिकामा छन् । फिल्मको टाइटल भने हाल गोप्य राखिएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो