सुस्केरा नायिका धनपतिका लागि फाइनल, अपोजिटमा हुनेछन् खगेन्द्र


Filmy Kura, Dec 15, 2016 at 11:54 am

suraxya-khagendra-and-dipendraहाल ‘सुस्केरा’ फिल्ममा अभिनय गरिरहेकी नायिका सुरक्षा पन्त अर्को एक प्रोजेक्टका लागि फाइनल भएकी छिन् । माघ महिनाबाट सुटिङ प्रारम्भ हुन गइरहेको फिल्म ‘धनपति’को लागि सुरक्षा फाइनल भएकी हुन् ।

सुरक्षाको अपोजिटमा भने यस अघि ‘पशुपति प्रसाद’ फिल्मबाट सबैको मनमा बस्न सफल कलाकार खगेन्द्र लामिछाने रहनेछन् । चलचित्रलाई सफल निर्देशक दीपेन्द्र के खनालले निर्देशन गर्दैछन् । दीपेन्द्र निर्देशित ‘चपली हाइट २’ केही समय पहिले रिलिज भएको थियो ।

‘धनपति’को कथा, पटकथा, तथा संवाद शीर्ष कलाकार खगेन्द्र कै रहनेछ । सपना र अहंकारका कारण एउटा मानिस कहाँ कहाँ ठोकिन पुग्छ भन्ने मुख्य कथासार यस फिल्ममा रोजिन सिटौलाले लगानी गर्दैछन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो