शब्द लिएर सौगात र कमली अष्ट्रेलिया जाँदै, दुबईमा पनि रिलिज तयारी


Filmy Kura, Dec 20, 2016 at 11:26 am

saugat-malla-kamali-waibaपारिवारिक कथामा निर्माण भएको चलचित्र ‘शब्द’ नेपाल र अष्ट्रेलियामा एक साथ रिलिज हुँदैछ । अष्ट्रेलिया हुने शो का लागि फिल्मका शीर्ष कलाकार सौगात मल्ल र कमली वाइवा त्यस तर्फ प्रस्थान गर्दैछन् ।

फिल्मीकुरा सँगको टेलिफोन संवादमा अभिनेत्री कमलीले अष्ट्रेलियाको ४ ठाउँमा पौष २९ गते नै ‘शब्द’ प्रदर्शन हुने जानकारी गराएकी छिन् । यसका लागि सौगातको साथ आफू पौष २७ गते अष्ट्रेलिया उड्ने तयारीमा रहेको कमलीले बताएकी छिन् । त्यसो त अर्को देश दुबईमा पनि फिल्म रिलिज तयारी भइरहेको उनको भनाइ छ ।

डेव्यू हिरोइन वाइवाले नेपाल र अष्ट्रेलियामा उही डेटमा फिल्म रिलिज हुने कुराले मनमा उत्साह थपिएको बताइन् । यतिबेला उनी फिल्मको पब्लिसिटीका लागि विभिन्न सञ्चार माध्यममा पुगिरहेकी छिन् । पहिलो फिल्मबाट दर्शकको मन जित्न सकिने कुरामा कमली आशावादी देखिएकी छिन् ।

यता कमली मात्र होइन फिल्मका डेव्यू डिरेक्टर सन्तोष शिवाकोटी समेत ‘शब्द’ प्रचारका लागि पूरापूर समय खर्चिरहेका छन् । थुप्रै फिल्ममा एसिस्टेन्स डिरेक्टरका रुपमा काम गरेका शिवाकोटीले ‘शब्द’ टिपिकल नेपाली समाजको ग्रामिण परिवेशको कथामा आधारित चलचित्र भएको बताए । जे होस् यतिबेला फिल्मको हाइप निकै चुलिदो छ । यसो हुनुमा फिल्मको सार्वजनिक ट्रेलर र गीत दर्शकले रुचाउनु प्रमुख मानिएको छ । साथमा भर्सटायल एक्टर सौगातको हरेक फिल्ममा नयाँपन हुने भएकाले पनि ‘शब्द’ दर्शकमाझ प्रतिक्षित बनेको छ ।

विष्णु कुमार थेवे प्रस्तुत यस फिल्मका निर्माता छिरिङ दोर्जे लामा हुन् । सौगात र कमलीको अलवा फिल्ममा अुनभव रेग्मी, ओसिन भट्टराई, रोयदिप श्रेष्ठ, अर्जुन गुरुङ लगायतका कलाकारले अभिनय गरेका छन् ।

हेर्नुस् गीत निकै उत्कृष्ट बनेको छ


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो