समर्पणका दुई हिरोइन भन्छन्, ‘लभ परेको हल्ला मात्रै हो’


Filmy Kura, Dec 20, 2016 at 12:13 pm

rubi-ranju-sharma-filmykuraरिलिज काउन्ट डाउनमा रहेको फिल्म ‘समर्पण’का दुई नवनायिका रञ्जु शर्मा र रुवि शर्माले आफूहरुको लभ परेको कुरा केबल हल्ला मात्रै रहेको स्पष्ट पारेका छन् । यी दुई नाताले आफ्नै दिदी बहिनी हुन् । सुटिङताका ‘समर्पण’ फिल्म मै अभिनय गर्ने दुई नवनायक अमृत शाही ठकुरी र प्रयास तामाङ सँग रञ्जु र रुविको प्रेम झांगिएको हल्ला थियो ।

रिलिज मिति सम्म आइपुग्दा यो कुरा मार्केटमा फिजिएपछि फिल्मीकुराले वास्तविकता के हो भनि रञ्जु र रुविलाई प्रश्न गरेको थियो । दुवैले बाहिर आए जस्तो कुनै प्रकारको प्रेम नभएको बताएका छन् । तर यस्तो कुरा बाहिर आउँदा फिल्मकै पब्लिसिटी बढेको भन्दै यी दुईले खुसी व्यक्त गरे । नाताले रुविको आफ्नै दिदी पर्ने रञ्जुले भनिन्, ‘म त जो सँग पनि नजिक हुन्छु । आफ्ना कुरा राख्छु । त्यहि भएर पनि यसरी नाम जोडेको हुनुपर्छ । आज सम्म कोही सँग लभ परेको छैन कि ढाट्नु ।’ पाँच वर्षको उमेर अन्तर रहेका यी दुई शर्मा पहिलो फिल्मबाट दर्शकमाझ क्लिक भए पुग्ने बताउँछन् ।

‘हामीलाई पैसा कमाउला यो गरौला त्यो गरौला केही लागेको छैन । फिल्म क्षेत्रमा सिक्दै छौ । पहिलो फिल्मबाट दर्शकले चिनिदिए मात्र पुग्छ भन्ने लागेको छ ।’ जवाफमा दुई दिदी बहिनीले भने । यता फिल्मको प्रचार प्रसारमा निर्देशक बसन्त निरौला भने मौन देखिएका छन् । निर्देशक निरौला प्रचार प्रसारमा नहिड्नुमा सम्बन्ध बिग्रेर नभई कार्यव्यस्तताले हुन सक्ने कलाकारहरुको बुझाई छ । जे होस् पौष १५ रिलिज ‘समर्पण’ फिल्मले पौषको यो कठ्याङ्ग्रीदो जाडोलाई कतिको न्यानो बनाउन सक्ला अबको दुई साता पछि रिजल्ट आउने नै छ ।

इमरान सिद्धिकी निर्मित फिल्ममा रुवि र रञ्जुको अलवा रोजन रखाल, अृमत शाही ठकुरी, प्रयास तामाङ लगायतका कलाकारको अभिनय रहेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो