निर्माता वाग्ले चाहन्छन् लभ सासा पौष २८ मै रिलिज गर्न, कारण यस्तो


Filmy Kura, Dec 20, 2016 at 1:10 pm

Madhav-wagle-filmykuraनिर्माता माधव वाग्लेले आफू निर्मित फिल्म ‘लभ सासा’ पौष २८ गते बिहीबार नै रिलिज गर्ने बताएका छन् । यस अघि पौष २९ गते रिलिज गर्ने तयारी गरेपनि निर्माता वाग्लेले एक दिन अघि सर्दै बिहीबार फिल्म लगाउने तयारी गरेका हुन् ।

विकास बोर्डको नियम अनुसार प्रत्येक नेपाली फिल्म शुक्रबार मात्रै रिलिज गराउनुपर्ने नियम छ । तर यसको विपरित निर्माता वाग्ले किन देखा परेका हुन् त ? यस विषयमा निर्माता वाग्ले सँग फिल्मीकुराले जिज्ञासा राख्दा उनले जवाफमा भने, ‘विकास बोर्डको नियम के कसो छ मलाई थाहा छैन । डाइरेक्शन डिपार्टबाट मलाई २८ मै चलाउदा राम्रो हुने सल्लाह आयो । हल सञ्चालकहरु पनि २८ मै चलाउन तयार हुनुहुन्छ । म समय सापेक्ष चल्न खोजेको हुँ । हिजोका दिनमा पनि एक दुई दिन पहिले फिल्म चलाएको घटना सबैलाई थाहा छ ।’

‘लभ सासा’ निर्माता वाग्लेले देशका मुख्य स्टेशनमा पौष २८ मै फिल्म रिलिज हुने दाबी गरेका छन् । फिल्म रिलिज डेट आइसक्दा पब्लिसिटी खोइ त भन्दा उनले भने, ‘भोलिबाटै तिब्र प्रसार प्रसार सुरु गर्दैछु ।’ त्यसो त उनले एकदिन पहिले फिल्म चलाउने रणनीति अपनाउनुमा पौष २९ मै आउन लागेका दुई फिल्म ‘किङ’ र ‘शब्द’ को चेपुवामा ‘लभ सासा’ पर्ने भएकाले होकी भन्ने अनुमान लगाउन सकिन्छ ।

प्रचण्डमान श्रेष्ठ निर्देशित यस फिल्ममा केकी अधिकारी, कर्मा शाक्य र आसिफ शाहको शीर्ष भूमिका रहेको छ । एक दिन अघि मात्र निर्माण यूनिटले फिल्मको पात्र पोस्टर रिलिज गरेको थियो ।

poster-love-shasha


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो