हन्ड्रेड डेज् सेलिव्रेशनमा छक्का पञ्जाले दियो प्राविधिकलाई बोनस


Filmy Kura, Dec 22, 2016 at 10:02 am

dipashree-haribansa-madakrishna-filmykura

किर्तिमानी फिल्म ‘छक्का पञ्जा’ ले हन्ड्रेड डेज् सेलिव्रेशनमा प्राविधिकलाई बोनस रकम प्रदान गरेको छ । उपत्यकाका चार सिनेमा घरमा गौरवमय १०० दिन प्रदर्शन गर्न सफल यो फिल्मले प्राविधिकलाई बोनस सहित ट्रफि प्रदान गरेको हो ।

dipakraj-giri-filmykura
बुधबार ललितपुरको भैसेपाटीमा अवस्थित श्रीकाली चौरमा खुसीयाली साट्न आयोजना गरिएको वृहत बनभोज कार्यक्रममा फिल्ममा सम्बद्ध प्राविधिक सहित कलाकार, पत्रकार तथा हल सञ्चालकलाई कदर पत्र प्रदान गरिएको थियो । लामो समय सम्म प्रदर्शन भएर व्यापारिक रुपमा सफल ठहरिएको ‘छक्का पञ्जा’ को सय दिने सेलिव्रेशन कार्यक्रममा बरिष्ठ हास्यकलाकार मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, बसुन्धरा भुषाल, दीपकराज गिरी, दीपाश्री निरौला, आर्यन सिग्देल, जितु नेपाल, केदार घिमिरे, सिताराम कट्टेल, किरण केसी, वर्षा राउत लगायतका कलाकार उपस्थित थिए ।

kedar-ghimire-filmykura
दीपाश्री निरौला निर्देशित फिल्मले इतिहासमै सर्वाधिक व्यापार गरी थुप्रै रेकर्ड समेत कायम गरेको छ । निर्माण यूनिटले दीपाश्रीलाई किर्तिमानी निर्देशकको रुपमा ट्रफी प्रदान गरेको थियो । निर्देशक निरौलाले यो सिंगो नेपाली फिल्मको जित भएको भन्दै आगामी दिनमा झन उत्कृष्ट फिल्म लिएर दर्शकमाझ आउने वाचा गरिन् ।

आठ जना निर्माता मिलेर बनाएको यो फिल्मले हाल सम्म १६ करोड रुपैयाँको व्यापार गरिसकेको छ । अझै पनि यो फिल्म प्रदर्शन भइरहेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो