केकी र कर्मा स्टारर फिल्म लभ सासा ट्रेलर रिलिज


Filmy Kura, Dec 22, 2016 at 10:33 am

keki-adhikari-karma-filmykuraकेकी अधिकारी र कर्मा शाक्य स्टारर फिल्म ‘लभ सासा’ को ट्रेलर रिलिज गरिएको छ । बुधबार साँझ राजधानीमा एक कार्यक्रमकाबीच फिल्मको ट्रेलर सहित पोस्टर र गीत रिलिज गरिएको हो ।

फिल्मको ट्रेलरमा प्रेममा परेको जोडीको वियोगान्त पीडालाई पोख्न खोजिएको छ । पौष २८ गते बिहीबार देखि अल नेपाल रिलिज हुने भनिएको ‘लभ सासा’ फिल्ममा केकी र कर्माको अलवा शिभानी चालिसे, रश्मी भट्ट, विकास जोशी, आशिफ शाह लगायतका कलाकारले अभिनय गरेका छन् ।

प्रचण्डमान श्रेष्ठको लेखन तथा निर्देशन रहेको यस फिल्मलाई माधव वाग्लले निर्माण गरेका हुन् । फिल्ममा केकी र कर्माको समेत लगानी रहेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो