बलिउड निर्देशकले बनाउने नेपाली फिल्ममा सौगात र वर्षा लिडमा


Filmy Kura, Dec 22, 2016 at 11:04 am

mero-paisa-khai-teamबलिउड निर्देशक विवेक शर्माको समेत लगानी रहने नेपाली फिल्म ‘मेरो पैसा खोई’ मा शीर्ष कलाकार छनोट गरिएको छ । रोज राणा मुख्य निर्माता रहेको यस फिल्ममा सौगात मल्ल र वर्षा शिवाकोटी लिड रोलमा रहने छन् । यी दुईको अलवा फिल्ममा सागर तिवारी, बुद्धि तामाङ, कमलमणी नेपाल, रविन तामाङ फाइनल भएका छन् ।

बलिउड फिल्म ‘भूतनाथ’ निर्देशन गरेका शर्माले नेपाली फिल्म चाहि कस्तो बनाउने हुन् धेरैको जिज्ञासाको विषय बनेको छ । नेपाली र हिन्दी दुबै भाषामा निर्माण गरिन लागिएको यो फिल्मको सुटिङ माघ १५ बाट सुरु गरिदैछ । हरि घलेको छायांकन, मौनता श्रेष्ठको लेखन रहने फिल्म काठमाडौ, पोखरा, जोमसोम लगायतका स्थानमा छायांकन गरिने निर्माण स्रोतले जानकारी दिएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो