श्रीकाली चौर पुगेर दीपकराजले गरे प्रियंकालाई मिस


Filmy Kura, Dec 22, 2016 at 11:45 am

dipak-barsa-filmykuraहास्यकलाकार दीपकराज गिरी र अभिनेत्री प्रियंका कार्कीबीच पछिल्लो समय निकटको दोस्तीयारी छ । ‘वडा नम्बर छ’ फिल्ममा सँगै काम गरे देखि यी दुई नजिक छन् । प्रियंका दीपकराजलाई मनपर्ने अभिनेत्रीमा समेत पर्छिन् । त्यसैले गर्दा पनि दीपकले ‘छक्का पञ्जा’ मा प्रियंकालाई पुन लिएर सँगै काम गरे ।

‘छक्का पञ्जा’ फिल्म पनि हिट भयो । सर्वाधिक चलेको फिल्मले गौरवमय १०० दिनको कार्यक्रम ललितपुरको भैसेपाटी स्थित श्रीकाली चौरमा वनभोज खादै मनाएको थियो । सोही खुसीयाली साट्ने कार्यक्रममा भने नायिका प्रियंका कार्की अनुपस्थित थिइन् । मन्तव्यको सुरुवात मै दीपकले सबै दर्शकलाई धन्यवाद दिदै आज चम्पा यानीकी प्रियंका कार्की आउन पाउनु भएन उहालाई धेरै मिस गरेको छु भन्न भ्याई हाले । त्यसो त उक्त समारोहमा फिल्मका अन्य दुई शीर्ष कलाकार शिवहरी पौडेल र नम्रता सापकोटा पनि आएका थिएनन् । दीपकले प्रियंकालाई मिस गरेको बताउदै शिवहरी अमेरिकामा रहेकाले आउन नपाएको जानकारी दिएका थिए ।

के हो दीपकजी प्रियंकालाई मात्र मिस गर्ने शिवहरी र नम्रतालाई चाहि मिस गर्नु भएन र ?


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो