देउवाको हातबाट टिका थाप्दै १० चलचित्रकर्मी कांग्रेस प्रवेश


Filmy Kura, Dec 22, 2016 at 12:25 pm

ramesh-budhathokiबरिष्ठ नेता शेर बहादुर देउवाको हातबाट टिका थाप्दै १० चलचित्रकर्मी नेपाली कांग्रेस पार्टीमा प्रवेश गरेका छन् । बुधबार देउवा निवास पुगेर आफूलाई कंग्रेसी भनेर चिनाउनेमा कलाकार संघका अध्यक्ष रामकेशर बोगटी, कलाकार तथा निर्देशक रमेश बुढाथोकी, चलचित्र प्राविधिक संघका अध्यक्ष पुस्कर लामा रहेका छन् । यस्तै फिल्मको पर्दामा खासै जम्न नसकेकी नायिका रिस्ता बस्नेत, उनकी आमा विपना बस्नेत, मोडल नम्रता योगी सहित गायक युवराज चौलागाई समेत कांग्रेस पार्टीमा प्रवेश गरेका छन् ।

चलचित्र विकास बोर्ड अध्यक्ष राजकुमार राईको संयोजकत्वमा पार्टी प्रवेश कार्यक्रम तय भएको थियो । पार्टी प्रवेश कार्यक्रममा बरिष्ठ कलाकार नीर शाह समेत उपस्थित भएका भएका थिए । पछिल्लो समय चलचित्रकर्मी पार्टी प्रवेश गर्ने क्रम निकै बढेको छ । कलाकारीताको आडमा राजनीति क्षेत्रमा गएर उल्लेख्य प्रगति गर्ने चलचित्रकर्मी भने कोही देखिएको छैन ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो