हँसाउने कामलाई साइड लगाउदै पुन बस्ती निर्माणमा धुर्मुस सुन्तु


Filmy Kura, Dec 22, 2016 at 12:59 pm

dhurmus-suntali-filmykuraयस अघि काभ्रे र सिन्धुपाल्चोक जिल्लामा एकिकृत नमूना बस्ती निर्माण गरेर समाज सेवामा होमिएका सिताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ हँसाउने कामलाई साइडमा राखेर पुनः अर्को एकिकृत नमूना बस्ती निर्माणमा जुटेका छन् ।

महोत्तरी जिल्लाको मुसहर भन्ने ठाउँमा ‘एकिकृत मुहसर बस्ती’ बसाल्ने आँटका साथ यी दुई यतिबेला लागिपरेका छन् । अशिक्षा, गरिवी र बालविवाहको मारमा परेको यो ठाउँलाई सुन्दर बनाउने चाहना लिएर धुर्मुस सुन्तलीले सबै सँग सहयोगको अपिल गरेका छन् । धुर्मुसले मुसहर बस्तीमा गएर ५० परिवारका लागि एकिकृत नमूना बस्ती निर्माण गर्ने घोषणा गरेका छन् । अघिल्ला परियोजनामा पु¥याएको सहयोग प्रति आभार प्रकट गर्दै यो अभियानमा पनि एक जुट भएर साथ दिन धुर्मुसले सम्पूर्णमा अनुरोध गरेका छन् ।

थप कुराहरु फेसबुक पेज धुर्मुस सुन्तली फाउण्डेसन मार्फत बुझ्न सकिने यी दुईले बताएका छन् । कतिपय व्यक्तिले भने यी दुईको समाज सेवा केवल राजनीतिमा फड्को मार्ने हेतुले भइरहेको आरोप लगाएका छन् । धुर्मुसले भने कुनै पार्टीमा आस्था नराखी सच्चा मनले देशको हितमा सेवा गरिरहेको स्पष्ट पारेका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो