SLC मा ४ पटक फेल माधव वाग्ले कसरी भए फिल्ममा सफल ?


Filmy Kura, Dec 23, 2016 at 11:39 am

madhav-wagle-filmykuraपैसा कमाउने निर्माताका रुपमा चिनिएका माधव वाग्ले एस.एल.सी. मा चार पटक फेल भएको कुरा कमैलाई थाहा होला । अंग्रेजी विषयमै चार चार पटक झुण्डिन पुगेका निर्माता वाग्लेले इन्टर पास गरेका छन् । नेपाली फिल्म क्षेत्रमा आउनु अघि उनले २१ प्रकारको फरक फरक काममा हात हाले । २२ औं कामका रुपमा फिल्मलाई रोजेपछि भने उनलाई धेरै फलिफाप भयो ।

हो, माधव वाग्ले नेपाली फिल्मको धार परिवर्तन गर्ने निर्माताको रुपमा चिनिन्छन् अहिले । फिल्म मेकिङ गर्ने पुरानो शैलीलाई छाडेर नयाँ तरिका अपनाएकाले पनि उनी सफल भएका हुन् । फिल्ममा आउनु अघि जापानमा १२ वर्ष शारीरिक श्रम गरेका वाग्ले निर्मित फिल्म व्यवसायिक रुपमा अब्बल ठहरिए पछि उनले अब पेशा परिवर्तन गर्ने कुरा सोचेका छैनन् । ५१ वर्षिय निर्माता वाग्लेले ‘फस्ट लभ’, ‘लुट’, ‘छड्के’, ‘रेसम फिलिली’, ‘लभ सासा’, लालपुर्जा’ र ‘लुट–२’ जस्ता फिल्म निर्माण गरेका छन् । यी मध्ये ‘लभ सासा’, ‘लुट–२’ र ‘लालपुर्जा’ रिलिज हुन बाँकी छ । ‘लुट’ बाट उनले राम्रो पैसा हाता पारे । ३६ लाखमा बनेको यो फिल्मले १ करोड ४८ लाख कमाए सँगै मार्केटमा उनको खोजि हुन थाल्यो ।

उनी निर्मित फिल्मले मल्टिप्लेक्सका दर्शकलाई समेत तान्न सफल रह्यो । अहिले माधव सँग फिल्म बनाउन चाहने थुप्रै छन् । फिल्म नपढेका, चलचित्रकर्मी सँग खासै घुलमिल नभएका माधव सफल हुनुको पछाडि भने अर्को खास रहस्य खुलेको छ । उनी जापानमा अवैधानिक रुपमा बसेका थिए । बाहिर निस्क्यो कि पक्राउ पर्ने डर ज्यादा हुन्थ्यो । कामबाट फर्केर आएपछि एउटा मात्र विकल्प थियो हिन्दी फिल्म हेर्ने । उनले दिनमा पाँच पटक सम्म हिन्दी फिल्म हेर्थे । रात–दिन फिल्म हेर्दाहेर्दै उनी भित्र फिल्म बनाउने इच्छा जागृत भयो । नेपाल आएपछि उनले फिल्म बनाउने सपना साकार पारे वितरक नरेन्द्र महर्जन सँग मिलेर । यो क्षेत्रमा नरेन्द्रले नै माधवलाई भित्राएका हुन् । अब भने यो क्षेत्र छोडेर अन्त हात हाल्ने पक्षमा निर्माता वाग्ले छैनन् । छोटो समयमा फिल्म निर्माणबाट पैसा कमाउने नगन्य निर्माताहरु मध्ये माधव वाग्ले पनि एक हुन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो