पहिलो फिल्मबाट राजेश, निखिल देखि आर्यनले पाएको पारिश्रमिक यस्तो


Filmy Kura, Dec 23, 2016 at 1:04 pm

चलचित्रमा काम गरे बापत नायक नायिकाले लिने पारिश्रमिकको चर्चा सदैव हुने गर्छ । त्यसमा पनि पछिल्लो समय त उम्दा कलाकारले पुराना कलाकारको भन्दा बढी पारिश्रमिक बुझ्न थालेपछि यो चर्चाको विषय नै बनेको छ । फिल्मीकुराले यहाँ पहिलो फिल्म गर्दा कुन नायकले कति पारिश्रमिक पाएका थिए भनेर प्रस्तुत गरेको छ ।

rajesh-nikhil-aaryan-filmykura
महानायक राजेश हमाल
नेपाली फिल्म क्षेत्रमा पढे लेखेको, हिरो हुनका लागि सबै कुरा मिलेको कलाकारमा हेर्ने हो भने राजेश हमाल अग्रपङ्तीमा आउँछन् । मिलेको जिउडाल, उही किसिमको हाइट वेट र अनुहार यी कुराले गर्दा पनि कुनै समय नेपाली फिल्म क्षेत्र राजेशमय भएको थियो । थुप्रै फिल्ममा काम गरिसकेका राजेशलाई महानायकको समेत ट्याग दिइएको छ । उनी अभिनित पहिलो फिल्म हो ‘यूगदेखि यूगसम्म’ । यो फिल्म गर्दा उनले जम्मा १३ हजार रुपैयाँ पारिश्रमिक लिएका थिए ।

निखिल उप्रेती
एक्सन हिरोको छवि बनाएका निखिल उप्रेतीले आज फिल्म क्षेत्रलाई यो अवस्था सम्म ल्याइ पु¥याउन निकै ठूलो योगदान गरेका छन् । कुनै समय खान खाने समेत फुर्सद थिएन निखिललाई । उनलाई लिएर फिल्म बनाउन निर्माता मरिहत्ते गर्थे । नेपाली फिल्ममा एक्सनको नयाँ आयाम थप्ने काम निखिलले गरेका हुन् । दर्शकमाझ उनी उत्कृष्ट एक्सन कै कारण रुचाइए । यी हिरोले खेलेको पहिलो फिल्म हो ‘पिंजडा’ । निखिलले पहिलो फिल्मबाट नै उच्च पारिश्रमिक लिएका थिए । डेढ लाख रुपैयाँ लिएर उनले यो फिल्म खेलेका थिए ।

आर्यन सिग्देल
चकलेटी हिरोको रुपमा आर्यन सिग्देल दर्शकमाझ परिचित छन् । उनको अभिनयबाट थुप्रै लेडिज फ्यान फिदा समेत हुने गरेका छन् । ह्यान्डसम आर्यनलाई फिल्ममा ब्रेक दिने काम भने निर्माता छविराज ओझाले गरेका हुन् । फिल्ममा आउनु अघि उनले टेलिफिल्ममा काम गर्दथे । पहिलो फिल्मबाटै उनी दर्शक समक्ष मार्क भए । उनले अभिनय गरेको पहिलो फिल्म थियो ‘किस्मत’ । किस्मतले आर्यनको वास्तविक किस्मत नै बदलिदियो । यो फिल्ममा उनले जम्मा २० हजार रुपैया पारिश्रमिक पाएका थिए ।

दयाहाङ राई
नाटक हुँदै सिनेमा खेल्न होमिएका कलाकार हुन् दयाहाङ राई । दया अहिलेका सबैभन्दा व्यस्त अभिनेतामा पर्छन् । कुनै समय अनुहार हेरेर हिरो लिने चलन थियो । तर यो मान्यता दयाहाङ राई फिल्ममा आएपछि हटेर गयो । अनुहार होइन अभिनयले मन जित्नु पर्छ भन्नेमा निर्माता पनि सहमत भए । दर्शकले दयाहाङलाई ‘लुट’ फिल्म चिन्न थालेका हुन् । उनको पहिलो फिल्म भने ‘दासढुंगा’ हो । जसमा दयाहाङले ३० हजार रुपैयाँ पारिश्रमिक बुझेका थिए ।

अनमोल केसी
लेडिज फ्यान सबैभन्दा धेरै भएका हिरो हुन् अनमोल केसी । उनी अभिनित फिल्म संख्यात्मक रुपमा कम तर व्यवसायिक रुपमा हिट छन् । यही कारण पनि निर्माताको पहिलो रोजाई अनमोल बनेका छन् । अनमोलको अभिनय प्रशंसा योग्य नभएपनि उनको अनुहारले धेरै दर्शकलाई हल तानेको छ । क्यूट अनमोलले खेलेको पहिलो फिल्म हो ‘होस्टेल’ । निर्माता सुनिल रावलले यो फिल्ममा उनलाई १ लाख ७५ हजार पारिश्रमिक दिएर लिएका थिए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो